२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टलद्वारा निःशुल्क दन्त शिविर सम्पन्न

ओम समाज डेन्टलद्वारा निःशुल्क दन्त शिविर सम्पन्न


काठमाडौं—‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ ओम समाज डेन्टलले निःशुल्क दन्त शिविर गर्ने क्रम जारी राखेको छ । यसैक्रममा १६ माघ सरस्वती पुजाको अवसर पारेर ओम समाज डेन्टल काठमाडौं सेकेण्डरी स्कुलमा एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

दन्त शिविर विहान १० बजेदेखि सुरु भएर दिउँसो तीन बजेसम्म संचालन गरिएको थियो । त्यसैगरी, १७ माघमा शुक्रबार रोटरी क्लबका सहकार्यमा महालक्ष्मी माध्यमिक विद्यालय नखिपोट ललितपुरमा पनि एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

१८ माघ शनिबार इन्द्र अन्नपूर्ण योग केन्द्रसँग सहकार्यमा श्री अरबिन्द योग मन्दिर चन्द्रागिरी नगरपालिका—६ मा एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

सबै शिविर विहान १० बजे सुरु भएर बेलुका ३ बजेसम्म संचालन भएका थिए । काठमाडौं सेकेण्डरी स्कुल, महालक्ष्मी माध्यमिक विधालय, श्री अरबिन्द योग मन्दिर चन्द्रागिरी नगर पालिका—६ मा गरिएको निःशुल्क शिविरबाट १ हजार १ सय ७५ जनाले आफ्नो दाँत मुखको स्वास्थ सम्बन्धि सेवा पाएका थिए ।

दन्त्य स्वास्थ शिविरमा सहभागी सबैलाई ओम समाज डेन्टल हस्पिटलको आजीवन सदस्यता कार्ड तथा ब्रस मन्जन पनि वितरण गरिएको थियो । साथै, सही तरिकाले दाँत माझ्ने भन्नेबारे पनि सिकाइएको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ