२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटकान्तिपुर डेन्टल अस्पताल तथा इन्स्टिच्युट अफ हेल्थ साइन्सको दुई दशक पूरा

कान्तिपुर डेन्टल अस्पताल तथा इन्स्टिच्युट अफ हेल्थ साइन्सको दुई दशक पूरा


पोखरा—काठमाडौं उपत्यका बाहिरको एकमात्र डेण्टल अस्पतालको रुपमा स्थापित कान्तिपुर डेण्टल हस्पिटलले आफ्नो दुई दशक पूरा गरेको छ । डा. बुद्धिमान श्रेष्ठले पोखरामा व्यवस्थित र सुविधा सम्पन्न हस्पिटल खोलेपछि दाँत तथा मुख स्वास्थ्यको उपचार खोज्न राजधानी जानुपर्ने समस्या घटेको जानकारहरु अहिले पनि बताउँछन् ।

यस अस्पतालअन्तर्गत मुख तथा दन्त स्वास्थ्य सम्बन्धि उपचारमा मात्र केन्द्रित नरही जनचेतनामूलक थुप्रै कार्यक्रमहरु सचालन गर्दै आइरहेको छ । दुई दशकसम्म आइपुग्दा कान्तिपुर डेण्टल हस्पिटलले काँचुली फेरिसकेको छ । सुविधा सम्पन्न आफ्नै भवनमा डेण्टल हस्पिटल मात्र चलेको छैन्, डेण्टल पढाउने शिक्षालय नै डेढ दशकअघिबाट संचालनमा ल्याएर ३ सयभन्दा बढी विद्यार्थी स्वदेशी तथा विदेशी श्रमबजारमा आपूर्ति भैसकेका छन् ।

दुई वर्षअघि मात्र सिटिइभिटीको सम्बन्धन लिएर ३ वटा प्राविधिक स्वास्थ्य शिक्षाको कार्यक्रम संचालनमा रहेको छ । सर्टिफिकेट इन डेण्टल साइन्सका साथै डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याव टेक्निसियन र पिसियल रेडियोग्राफी विषयका ३ वर्षे कार्यक्रम संचालनमा रहेका छन् । ९० प्रतिशत महिला कर्मचारीहरुद्वारा संचालित उक्त संयुक्त एकेडेमीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सीता श्रेष्ठले गरेकी छन् ।

कुल ७३ जना जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सका विभिन्न चार संकायमा गरी प्रत्येक वर्ष १४० जना विद्यार्थीले भर्ना भएर प्राविधिक शिक्षा पाइरहेको प्रमुख प्रशासक श्रेष्ठले बताइन् । जसमध्ये १४ जनाले पूर्ण छात्रवृत्तिमा निःशुल्क अध्ययन गर्दै आइरहेको बताइएको छ ।

२० वर्ष लामो सेवा व्यवसायमा आएको कान्तिपुर इन्स्टिच्युटले स्वास्थ्य शिक्षामा रहेको टेवा र ७३ जनालाई प्रत्यक्ष रोजगार प्रदान गर्दै आएको छ । २१ औं शताब्दीको शिक्षा प्राविधिक शिक्षाको मूल उद्देश्यमा रहेको इन्स्टिच्युटका औचित्य र आवश्यकता झन बढी झन् प्रभावकारिता देखिएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ