२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश८६ वर्षीया कमलकुमारी कोभिड–१९ संक्रमणमुक्त

८६ वर्षीया कमलकुमारी कोभिड–१९ संक्रमणमुक्त


पोखरा-म्याग्दीको बेनी नगरपालिका ४ सिंगाका १ जना युवक क्याम्पस पढ्थे । क्याम्पस जाँदा नै कोभिड–१९ संक्रमण भएका उनी आइसोलेसनमा बस्नुपथ्र्यो । तर, उनी पसलमा सामान बेच्दै बसे । जो सामान किन्न गए उनीहरुलाई कोभिड–१९ पनि बाँड्दै गए । सामान किन्ने र तिनका परिवारमा कोरोना पस्यो ।

गाउँका ५१ घरमा अहिले कोरोना पोजेटिभ देखिएको छ, हरेक परिवारको १ जनाको मात्रै पिसिआर जाँचिएको थियो ।

सोही गाउँकी ८६ वर्षीया कमलकुमारी भट्टचन नजिकको सोही पसलमा चिनी किन्न पुगिन् । उनलाई पनि कोरोनाले समातिहाल्यो । बेलुकादेखि नै उनलाई अप्ठ्यारो हुन थाल्यो अनि ज्वरो आयो, खान मन नलाग्ने । यही लक्षण देखियो परिवारका अन्य सदस्यलाई पनि तर सामान्यजस्तो लाग्यो ।

कमलकुमारीको स्वास्थ्य समस्या सुरुमा हावापानी परिवर्तको कारण हो भन्ने ठानियो । उनी सिकिस्त भइन् । परिवारका सदस्यले हार गुहार गरे । बेनीका प्रकाशले एम्बुलेन्स बन्दोबस्ती गरेर सघाए ।

उनीहरु उपचारका लागि पोखरा हानिए । नातिनी एलिजाले भनिन्, ‘एम्बुलेन्समा हामी पोखरा आयौं । फुपुलाई संक्रामक तथा सरुवा रोग अस्पताल शिशुवा र हजुरआमालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सीमा राखियो ।’

आइसोलेसनमा राख्न त पिसिआर रिपोर्ट पोजेटिभ आउनुपर्ने रहेछ । ‘हामीले निजी ल्याबबाट पिसिआर जाँच गरायौं, बिहानको रिपोर्ट बेलुका आयो । सरकारीमा गरेको भए ३ दिन लाग्ने रहेछ, ३ हजार तिरेपछि निजीबाट सोही दिन रिपोर्ट आयो,’ उनले भनिन् ।

कमलकुमारीको रिपोर्ट पोजेटिभ आयो । उनलाई आइसोलेसनमा सारियो । आइसोलेसनमा भर्ना भएकी उनमा पखाला र दिसासँगै रगत बग्ने समस्या थपियो । भोलिपल्ट कमलकुमारी पनि संक्रामक तथा सरुवा रोग अस्पताल शिशुवाको आईसीयुमा भर्ना भइन् । एलिजाले भनिन्, ‘गण्डकी अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पताल दुईतिर बिरामी हुँदा अप्ठेरो भइरहेको थियो । एकैतिर सारेपछि सहज भयो ।’

‘हजुरआमालाई अस्पताल जाने बेलासम्म कोरोना के हो भन्ने नै थाहा थिएन, त्यसैले होला, उहाँमा आत्मविश्वास गुमेको थिएन,’ नातिनी एलिजाले भनिन् । बिरामीको आत्मविश्वास, डाक्टरको उपचार तथा सल्लाह र निगरानीबाट कोरोना जित्न सकिने एलिजाको भनाइ छ ।

अस्पतालमा पु¥याउँदा अर्धचेत र शरीरबाट रगत बगिरहेको अवस्था थियो । सुरुमा त बेड उपलब्ध गराउन नसकिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सीमा राखेर उपचार थालिएको संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले बताए ।

१६/१७ सम्म कोरोनासँग कमलकुमारीले पौंठेजोरी खेलिन् । उनलाई डाक्टरहरुले साथ दिए । औषधी इन्जेक्सनबाट दिने गरिन्थ्यो । अन्तत उनले कोरोनालाई परास्त गर्न सफल भइन् ।

‘संक्रामक अस्पतालको सेवा राम्रो रहेछ । राम्रोसँग सेवा पाइयो, त्यसैमाथि संक्रामक रोग अस्पतालका डा. विकास गौचन नातेदार पनि हुनुहँुदो रहेछ, त्यहीं गएपछि थाहा भयो,’ एलिजाले भनिन् । डा. गौचन भेटेपछि बिरामी कमलकुमारी र कुरुवा एलिजाको आत्मविश्वास झन् बढेको थियो ।

उनले अस्पतालमा रहँदाको कुरा स्मरण गर्दै भनिन्, ‘सोही अवधिमा भर्ना भएका कोरोना बिरामी सलमान खान दाइ बित्नुभयो । मनमा एकखालको सोच घरिघरि आइरहन्थ्यो तर मन दरो पारेर बस्थें । मानसिक रुपमा कमजोरजस्तो पनि भइरहेको थियो, अनि फेरि सोच्थें म कमजोर बने कसले हेर्छ बिरामी ?’

‘खाना खानु भएको छ, शारीरिक कमजोरीभन्दाबाहेक केही समस्या छैन, सबै निको भयो,’ बिरामी कुरुवा भट्टचनले भनिन् । अब पनि केही समय होम आइसोलेसनमै रहन र पौष्टिक र लोकल खाना खुवाउन डाक्टरहरुले सुझाएका छन् । उनीहरु कोरोनामुक्त भएर गाउँ फर्किसकेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ