२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमुख्यमन्त्री पोखरेलले भने, ‘चाँडै १८ वर्षभन्दा माथिका सबैलाई खोप उपलब्ध गराउछौँ’

मुख्यमन्त्री पोखरेलले भने, ‘चाँडै १८ वर्षभन्दा माथिका सबैलाई खोप उपलब्ध गराउछौँ’


पोखरा – गण्डकी प्रदेशका मनाङ, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा र कास्की जिल्लाका प्रमुख सरोकारवालाहरुसँग खोपको व्यवस्थापन र विपद व्यवस्थापनसम्बन्धि जुम बैठक बसेको छ ।

आइतबार बसेको सो बैठकमा कोभिडको लहर, विपद व्यवस्थापन, खोपका कार्यक्रमहरुबारे सरोकारवालाहरुसँग छलफल गरिएको हो  ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी दिनमा खोपको उपलब्धताको आधारमा खोप कार्यक्रम सञ्चालन भइरहेको र छिट्टै नै १८ वर्षभन्दा माथिका सबैलाई खोप उपलब्ध गराउने प्रदेश सरकारको पहिलो कार्यक्रम रहेका उनले प्रष्ट्याए ।

यस्तै, उनले प्रदेश सरकारको लक्ष्य अनुरूप खोप कार्यक्रम सञ्चालन गरेकोमा स्वास्थ्यकर्मी तथा र सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन्।

बैठकमा सहभागी भएका प्रदेश सरकारका मुख्य सचिव डा. दामोदर रेग्मी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री मधुमाया अधिकारी गुरुङले खोप र विपद व्यवस्थापनसम्बन्धि धारणा राखेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदविन्दु शर्माले खोप र विपद व्यवस्थापनका सन्दर्भको विश्लेषण गरेका थिए । कार्यक्रममा गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्का र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका संयोजक नवराज शर्मा गण्डकी प्रदेशको खोप कार्यक्रमको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

बैठकमा गण्डकी प्रदेशका समन्वय समितिका प्रमुखहरु, पालिकाका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष, गण्डकी प्रदेशका प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका प्रादेशिक स्वास्थ्य संस्थाका निर्देशक तथा प्रमुख सहभागी थिए ।

यस्तै, गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरु, अस्पतालहरु र आयुर्वेद केन्द्र र अस्पतालका प्रमुखहरु, गण्डकी प्रदेशका सबै पालिकाका कार्यकारी अधिकृतहरु र स्वास्थ्य संयोजकहरू लगायतको उपस्थिति थियो । बाँकी जिल्लाहरूको बैठक मंगलबार सञ्चालन हुनेछ ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #कोभिडको लहर, #खोप कार्यक्रम, #जुम बैठक, #मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, #विपद व्यवस्थापन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ