२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यअनुहारलाई सदाबहार सफा र चमकदार बनाउनको लागि बहुउपयोगी यी फल

अनुहारलाई सदाबहार सफा र चमकदार बनाउनको लागि बहुउपयोगी यी फल


ताजा फलफुल स्वास्थ्यका लागि लाभदायिक हुन्छन। झन् हाम्रो अनुहारको छालाको निम्ति त बहुउपयोगी नै मानिन्छ फलफुल र तरकारी। विशेषत स्ट्रबेरी, स्याउ, केरा, मेवा र गाँजरजस्ता फलहरु छालाको लागि बरदान स्वरूप हुन्।

बजारमा पाउने विभिन्न सौन्दर्य सामाग्रीहरुमा विभिन्न खालका रसायन प्रयोग गरिएको हुन्छ। जसको प्रयोगले हाम्रो अनुहारमा एकछिन चमक त ल्याउछ तर यसले झनै अनुहारलाई विगार्ने काम गरिरहेको हुन्छ। रसायनयुक्त सौन्दर्य प्रसोधनभन्दा फलफुलको प्रयोग अनुहारका लागि निकै राम्रो हुन्छ भने कहिल्यै पनि नराम्रो प्रभाव पनि पार्दैन।

यी फलले हामी आफ्नो अनुहारलाई घरमै स्वस्थ र सुन्दर बनाउन सक्छौ।

कागती र बदाम :- कागती र बदामको मिश्रण कागती र बदामको मिश्रणलाई धुलो बनाएर क्लिजिंगको रुपमा हामी प्रयोग गर्न सक्छौ। यसले खुला रोमछिद्र भएको छाला, सुख्खा छाला र खस्रो छालालाई राम्रो बनाउने गर्छ।

स्याउ :-  स्याउलाई फेसियल प्याकको रुपमा प्रयोग गर्न सकिन्छ। सुख्खा छाला र घाममा डढेको छालालाई यसले फाइदा पुर्याउँछ। स्याउको जुस वा झोल छालाको लागि टोनरको रुपमा पनि काम गर्छ। खुर्पानी यसले छालालाई गोरो बनाउने काम गर्छ। भिटामिन ‘ए’ ले भरिएको यो फल सबै किसिमका छालामा प्रयोग गर्न सकिन्छ।

केरा :- यसलाई फेसियल मास्कको रुपमा प्रयोग गर्न सकिन्छ। सुख्खा देखि साधारण छालासम्म जस्तो सुकै छालामा पनि प्रयोग गर्न सकिन्छ। यस फलमा पोटासियम र भिटामिन सी पर्याप्त मात्रामा हुन्छ। केराले छालालाई नरम बनाउनुको साथै चिल्लो पनि बनाउँछ।

जौ :-  जौलाई पनि फेसियल मास्कको रुपमा प्रयोग गर्न सकिन्छ। यो सुख्खा तथा साधारण छालाको लागि उपयुक्त मानिन्छ। यसले छालाको चाउरीपना, डन्डीफोर, सुख्खापन, छाला चिलाउनेजस्ता समस्याको समाधान गर्छ। यसलाई क्लिंजिंगको रुपमा पनि प्रयोग गर्न सकिन्छ। भने यसलाई रस बनाएर कपासमा राखेर अनुहारलाई पुछ्दा अनुहार सफा र चमिकिलो हुने गर्छ।

अंगुर :- संवेदनशील छालाको लागि अंगुर सबैभन्दा बढी फाइदाजनक मानिन्छ। यसले छालालाई नरम पार्नुको साथै पोषण पनि दिन्छ। मेवा मेवालाई फेसियल माक्सको रुपमा प्रयोग गर्दा राम्रो हुन्छ। आँखाको वरिपरी कालो घेरा भएमा नियमित सो भागमा मेवा लगाउँदा डार्क सर्कल घटेर जान्छ। सबैप्रकारका छालाको लागि मेवा गुणकारी मानिन्छ।

प्रयोग गर्ने विधि  

१ . फलफुलको प्याक वा मास्क फलफुललाई मिक्चरमा पिसेर घोल बनाएर लगाउन सकिन्छ ।

२ . कुनै पनि माक्स लगाउनु अगाडी अनुहारलाई सफा गरेर मात्र लगाउनुपर्दछ ।

३ .  छालाको प्रकार अनुसार मात्रै मास्कको प्रयोग गर्नुपर्दछ ।

४ . ओइली स्किन छ भने फेस वासले मुख धुने गर्नु पर्दछ ।

५ . सुख्खा छाला भएमा क्लिनजिंग मिल्कले क्लिनजिंग गर्ने ।

६. कुनै पनि मास्क लगाउँदा अनुहारमा १५ देखि २० मिनेटसम्म राख्नुपर्दछ ।

७. मास्क लगाएको अवधि पुरा भएपछि सो मास्कलाई निकालेर सफासँग अनुहार पुछ्ने गर्नुपर्दछ ।

हप्ताको एकपटक फलफुलद्वारा बनाइएको मास्क लगाउनु उपयुक्त हुन्छ । जसले तपाईको अनुहारलाई सदाबाहर स्वस्थ र चम्किलो राख्न मद्दत गर्छ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ