२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यघरेलु उपायबाट सौन्दर्य वृद्धि

घरेलु उपायबाट सौन्दर्य वृद्धि


सौन्दर्य भन्ने बितिकै सुन्दर मनका साथसाथै सुन्दर जिउज्यान, अनुहार र व्यक्तित्व भन्ने बुझ्छौं । हामी जो कोहीको मनमा पनि सुन्दर देखिने इच्छा भरपूर हुन्छ ।

आजभोलि बजारमा सौन्दर्य प्रशाधनका सामानहरुको मूल्य पनि दिनानुदिन बढ्दैं गइरहेको हामी पाउँछौं । कोही त राम्रो गुणस्तरका प्रशाधन प्रयोग गर्न सक्ने क्षमताका हुँदैनन् । यस्तो परिस्थितीमा प्राकृतिक सौन्दर्य प्रशाधनहरुको सहारा लिनु नै उत्तम उपाय हुन्छ ।

प्राचीनकालदेखि नै प्रयोगमा ल्याइने प्राकृतिक सौन्दर्य प्रशाधनको मुख्य फाइदा यसको कुनै साइड इफेक्ट हुँदैन् । साथै, यसले चमत्कारी परिणाम पनि दिन्छ । हामीले भान्छामा प्रयोग गरिने तरकारी, फलफूलहरुबाट पनि सौन्दर्य निखार्न सकिन्छ । तसर्थ, तल उल्लेखित विभिन्न सामाग्रीहरुको प्रयोगद्वारा हामीले पनि आफूलाई सुन्दर बनाउन सक्छौं ।

  • एक चम्चा सौफको पानीलाई उमालेर काडा बनाउने र चिसो भएपछि यसमा थोरै मह मिसाएर लेप बनाएर १५/२० मिनेटको लागि अनुहारमा लगाउनाले अनुहारको चाँया कम हुनुका साथै अनुहारमा कसाब (स्कीन टाइट) ल्याउँछ ।
  • यदि घरमा क्लीजिङ मिल्क छैन भने काँचो दुधमा २/४ थोपा कागती र थोरै नुन राखेर पनि फेस क्लिन अप गर्न सकिन्छ ।
  • चनाको दाललाई रातभरी दुधमा भिजाएर भोलिपल्ट सिलौटामा मसिनो गरी पिसी त्यसमा थोरै बेसार र एक चम्चा काँचो दुध मिसाएर फेसप्याकको रुपमा प्रयोग गर्नाले अनुहारमा नसोचेको चमक आउँछ ।
  • नुहार सफा गर्नको लागि सुन्तलाको ब्रोकालाई छायाँमा सुकाएर मसिनो गरी पिसी धुलो बनाउने र त्यसमा एक चम्चा सुन्तलाको धुलो, एक चम्चा बेसन, एक चिम्टी बेसार, एक चम्चा दुध र २/४ थोपा कागती मिसाएर घाटीदेखि अनुहारसम्म लगाउनाले छालामा निखार ल्याउनुका साथै तिलकोठी र स—साना दागहरु कम हुँदै जान्छन् ।
  • कसैको नङ कमजोर छ र बढ्दैछ भने रेगुलर राति सुत्ने बेलामा जैतुनको तेल वा फिस आयलको प्रयोग गर्ने । जसले गर्दा नङलाई पूर्ण पौष्टिकता पुग्नुका साथै नङ छिटो छिटो बढ्छ ।
  • घाटीको सुन्दरता निखार्नका लागि सधैं नुहाउनु अघि पाकेको मेवाले घाँटी १०/१५ मिनेट मसाज गर्ने । यसरी मसाज गर्नाले घाटी सुन्दर र आकर्षक देखिन्छ ।
  • काक्रोको गुदीमा जैतुनको तेल मिसाएर अनुहारमा मसाज गर्नाले पनि अनुहारमा निखार आउँछ ।
  • नौनीमा केसर मिसाएर सधैं सुत्ने बेलामा ओठमा लगाउनाले ओठको लागिमा रहिरन्छ र कालो ओठको समस्या केही हदसम्म कम हुन्छ ।
  • मुल्तानी माटो र खिलको प्रयोगले कपालको रुखोपन कम हुनुका साथै कपाललाई पूर्णतयाः पौष्टिक तत्व पाइन्छ ।
  • तिल, सरसो, बेसारलाई मिसाएर कुटेर धुलो बनाइ त्यसमा तोरी वा तिलको तेल मिसाइ लेप बनाइ नुहाउनुभन्दा अगाडि सम्पूर्ण शरीरमा दल्नाले छालाको समस्या कम हुनुका साथै छालामा नसोचेको निखार आउँदछ । साथै, शरीरमा स्फूर्ति पनि ल्याउँदछ ।

क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ