२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यप्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरबाट तीन महिने प्रशिक्षण सम्पन्न

प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरबाट तीन महिने प्रशिक्षण सम्पन्न


काठमाडौं– प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले ललितपुर महानगरपालिका–१३ का २५ जना महिलालाई तीन महिने प्रशिक्षण तालिम दिएको छ । कोरोना कहरकै बीच जनस्वास्थ्य मापदण्ड पालना गरेर सेन्टरले २५ जना महिलालाई रोजगार र उद्यमी बनाउने उद्धेश्यसहित तीन महिलने आधारभूत सौन्दर्य तालिम सम्पन्न गरेको हो ।

गत आइतबार जावलाखेलमा एक कार्यक्रमका माझ सौन्दर्य तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । उक्त प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिका–१३ की वडा सदस्य रामकुमारी लिम्बु प्रमुख अतिथि रहेकी थिइन् ।

यस्तै कार्यक्रममा प्रोत्साहनाजकी अध्यक्ष रेणु शाक्य रानामगर, वरिष्ठ ब्युटिसियन रुस्का वैद्य, लक्ष्मी महत, सोनि कांरन्जित ब्युटिसियनहरु कमला लामिछाने, रचना शाक्य, रीना अवाले लगायतको उपस्थिती रहेको थियो । यस्तै, कार्यक्रममा अतिथिका रुपमा गायिका रीतु कँडेल र कलर इन्सेन्स नेचर इन्सेसका नेपाल निर्देशक रमेश उप्रेती रहेका थिए ।

१८ वर्षदेखि सन्चालित प्रोत्साहन ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले विगतदेखि नै ललितपुरका विभिन्न ठाउँका महिलाहरुलाई स्वरोजगार बनाउने उद्धेश्यसहित प्रशिक्षण दिँदै आएको छ ।

गत वर्षमात्रै सेन्टरले विकट रोल्पा जिल्लाका ८० जना महिलालाई सौदन्र्यसम्बन्धी आधारभूत तालिम दिएको थियो ।

सेन्टरका प्रशिक्षकहरुले विदेशमा प्रशिक्षण लिएर स्वदेशमा सौन्दर्य कक्षाहरु सञ्चालन गरी उक्त सीप हस्तान्तरण गरेका थिए ।

तस्वीरहरूः नवराज वाग्ले


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ