२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यदिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट

दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट


बलिउडकी अभिनेत्री दिशा पटानीको सुन्दरता र सेक्सी फिगरको लाखौं फ्यान छन्। सामाजिक संजालमा प्राय दिशाको चम्किएको अनुहारको तस्बिर भाइरल भैराखेको हुन्छ।

आफ्नो स्किन र सेक्सी फिगरलाई सदाबाहर कायम राख्न उनी निकै मेहेनत गर्छिन। योगा र सन्तुलित भोजन अभिनेत्री पटानीको दैनिक अभिन्न कार्य जस्तै भएको छ। जसले आफुलाई सधै फिट र हिट रहन मद्दत गरेको उनी बताउँदै आएकी छिन्। उनी बी टाउनको क्युट अभिनेत्रीको सूचीमा सधै टप मै हुन्छिन।

सामाजिक संजालमा निकै सक्रिय रहेकी उनको बोल्ड र ग्लोइङ्ग लुकलाई फ्यानहरुले निकै मनपराउँछन। उनलाई प्राय ब्युटीको बारेमा प्रश्न सोध्ने गरिन्छ। जसको जवाफमा उनी घरेलु उपाय नै सुन्दरताको राज भएको बताउने गर्छिन।

यदि तपाई पनि दिशा पटानी जस्तै सुन्दर र फिट रहन चाहानुहुन्छ भने अपनाउनुहोस् यी ब्यूटी टिप्स:

पानी

दिशा पटानी आफ्नो स्वस्थ स्किनको लागि धेरै पानी पिउने गर्छिन। शरीरलाई हाइड्रेट राख्नको लागि उनी दिनमा ८ देखि १० ग्लाससम्म पानी पिउँछिन्। ज्यादा पानी पिउनाले स्किनमा ग्लो आएको उनी बताउँछिन्। दिशा पटानी बाहिरको खाना कहिल्यै खादिनन्। प्राय दिशाला जिम जाँदा पनि पानीको बोतल लिएर जान्छिन ।

चमकदार स्किनको राज

 

दिशा पटानी आफ्नो स्वस्थ स्किनको लागि क्लिनजिङ र मोइस्चराइजर गर्ने गर्छिन। दिशाले आफ्नो स्किनलाई स्वस्थ बनाउन घरेलु तरिका अपनाउछिन् । दिशा पटानी आफ्नो अनुहारमा मलाई लगाउने गर्छिन। मलाई लगाउनेले स्किन सफ्ट र ग्लोइंग हुने गर्छ।

हरियो तरकारी

दिशा पटानी अनुहारको लागि हरियो तरकारी र फलफुल खाने गर्छिन। फलफुल र हरियो तरकारी खाँदा स्किन मात्र हैन शरीर फिट पनि रहन्छ।

योग

दिशा पटानी आफ्नो फिगरलाई बोल्ड बनाउनको लागि योग गर्ने गर्छिन। उनी प्राय इंस्टाग्राम र आफ्नो योगको फोटो र भिडियो शेयर गर्ने गर्छिन । दिशा बिहान उठेर सबैभन्दा पहिला योग गर्ने गर्छिन। सुर्यलाई नमस्कार गर्छिन। दिशाले आफुलाई मात्र हैन आफ्नो फ्यानलाई पनि योग गर्ने सल्लाह दिने गर्छिन। योगले स्किन मात्रै हैन स्वास्थ्यलाई पनि फाइदा दिन्छ।

बदाम तेल

दिशा पटानीले आफ्नो स्किनको साथ साथै आफ्नो कपालको पनि ख्याल राख्छिन। उनी आफ्नो कपालमा बदामको तेल लगाउछिन। जसले उनको कपाल स्वस्थ र सिल्की बनाउँछ । बदामको तेलमा भिटामिन पाइन्छ जुन निकै फाइदाजनक हुन्छ ।

-एजेन्सी


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ