२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यसुन्दर र फिट रहन अभिनेत्री श्रुतिको यस्तो टिप्स

सुन्दर र फिट रहन अभिनेत्री श्रुतिको यस्तो टिप्स


बलिउड तथा साउथ अभिनेत्री श्रुति हसन आफ्नो अभिनयले मात्र नभएर स्लिम फिगर र ग्लोइङ्ग स्किनको कारण फ्यानको मनमा बसेकी छिन्। सदाबहार फिट रहनको लागि अभिनेत्री श्रुति सहि डाइट र शारीरिक व्यायामको सहारा लिन्छिन भने आफ्नो चमकदार स्किनको लागि उनी आफ्नो हजुरआमाको घरेलु टिप्स अपनाउने गर्छिन्।

श्रुति हसनको वर्कआउट रुटिन

श्रुति फिट रहनको लागि जिम गएर वर्कआउट गर्ने गर्छिन। जिम र योगा उनको फिटनेसको राज हो। उनको फिटनेस रूटिनमा रनिंग, फाइट ट्रेनिङ्ग, कार्डियो ट्रेनिङ्ग र योगासन समावेस छ।

फिट रहनको लागि उनी ४०-४५ मिनेट डान्स, स्वीमिङ्ग, र हिड्ने गर्छिन। यसले उनको वजन कन्ट्रोल गर्नुको साथै स्ट्रेस फ्री पनि गराउँछ।

डाइटमा प्रोटिनयुक्त खानेकुरा लिन्छिन् श्रुति

उनी दिनमा ८ देखि ९ गिलाससम्म पानी पिउछिन्। एक अन्तरवार्तामा उनले भनिन्, ‘मिठो खान साैखिन छु र वजन बढ्ने डरलाई छोडेर चिन्ता नलिई लिएर खाने गर्छु।’ उनको लागि बनाइने डिजर्ट चिनीरहित हुन्छ।

यस्तै, उनी आफ्नो त्वचाको लागि केमिकल्स युक्त प्रोडक्सको प्रयोग गर्न रुचाउँदिनन्। उनी राती सुत्नु अघि मेकअप हटाएर मात्रै सुत्छिन।
घरमा बस्दा उनी मेकअप गर्दिनन्।

नाइट क्रिम लगाएर मात्रै सुत्ने गर्छिन। सनस्क्रीम बिना घरबाट उनी निस्किनन्। श्रुति सधै नेचुरल प्रोडक्टमा भरोसा राख्छिन। यसबाहेक अनुहारलाई राम्रो बनाउन फेस मास्क लगाउछिन्।

उनको हेल्थ डाइटमा अण्डा, माछा, ताजा फल, हरियो सागपात, सलाद, सुप र ग्रिल्ड चिकेन समावेस छ। सुन्दरताको बारेमा उनी भन्छिन्, ‘सुन्दरता भनेको केहि होइन मानिसलाई राम्रो आत्मविश्वासी बनाउने ठूलो कुरा हो। हाम्रो शान्त दिमाग र स्वस्थ शरीरले हामीलाई सुन्दर बनाउँछ।’

-एजेन्सी


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ