२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यवरिष्ठ ब्युटिसियन लक्ष्मी भन्छिन, ‘चौलानी स्वास्थ्यका लागि मात्र नभई सौन्दर्यको लागि पनि रामवाण’

वरिष्ठ ब्युटिसियन लक्ष्मी भन्छिन, ‘चौलानी स्वास्थ्यका लागि मात्र नभई सौन्दर्यको लागि पनि रामवाण’


सामान्यतया:  चौलानी पानी धेरै जसोले कब्जियत, पेट सम्बन्धि समस्या हुँदा पिउने गर्दछन्। तर चौलानी पानी पिउनका लागि मात्र नभइ छालाका लागि पनि राम वाण हो।

चौलानी पानी छालाको लागि यति राम्रो हुनुको कारण यसमा धेरै पौष्टिक तत्वहरु रहेका हुन्छन। चौलानी पानीमा प्राकृतिक एन्टीअक्सिडेन्टहरु हुन्छन। जस्तै :- भिटामिन सी, ए, प्रोटिन आदि:-

भिटामिन सीले छालामा भएको डार्क स्पट, ब्लेमिसेस, रातोपना, घामले डढेको छाला चिलाउने जुन घामबाट हुने गर्छ। त्यस्तो छालाको लागि चौलानी पानी लगाउँदा धेरै राम्रो धेरै राम्रो हुन्छ। भिटामिन ए ले समयपूर्वक आउने चाउरीपनालाई कम गर्न मद्दत गर्छ।

चैलानी पानी सबै खालको छालाका लागि उत्तम हुन्छ यसले छालाको रौँ छिद्रलाई कसिलो बनाउनुको साथै टोनिंगको काम गर्छ।

चौलानी पानी कसरी प्रयोग गर्ने त ?

  • पहिला अनुहारमा स्किन अनुसारको फेस वास लगाएर सफा गर्ने,
  • त्यसपछि चौलानीले अनुहार धुने र सुक्न दिने,

त्यस्तै, आलुको रस पनि छालाको लागि गुणकारी मानिन्छ। आलुमा भएको इन्जाइमले आँखाको डार्क सर्कलमात्र नभई छालामा भएको दाग धब्बालाई पनि हटाउने गर्छ। आलुमा भएको भिटामिन सी, आइरन, भिटामिन बी, पोटासियम र कार्बोहाइड्रेट हुन्छ। आलुमा भएको भिटामिन सीले छालामा आएको डार्क स्पट र हाइपरपिगमेन्टसनलाई कम गर्छ। र छालालाई हाइड्रेट गर्नुको साथै चाउरीपनालाई कम गर्छ।

आलु अनुहारमा लगाउने तरिका :

  • काचो आलुको रसलाई अनुहारमा लगाएर २० मिनेटसम्म राख्ने र पखाल्ने,
  • यसको रसलाई चौलानी पानीमा मिसाएर फ्रिजमा राखेर आइस बनाउने,
  • र, तयार आइसले सफा अनुहारमा ३ देखि ५ मिनेटसम्म दल्ने।
  • यस्तो गर्नाले अनुहारमा भएको दाग र धब्बा हटेर जान्छ।

क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ