२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यअनुहारमा प्राकृतिक चमक ल्याउन के गर्ने ?

अनुहारमा प्राकृतिक चमक ल्याउन के गर्ने ?


आफ्नो अनुहार सफा, चमकदार र स्वस्थ होस् भन्ने चाहान्छौं । त्यसैले, त हामीहरु अनुहारमा लगाउनका लागि बजारका पाइने गरेका विभिन्न प्रोडक्टहरु लगाउने गर्छौं ।

तर, कहिले काहीं अनुहार अनुसारको प्रोडक्ट छान्न नसक्दा अनुहारमा भएको प्राकृतिक चमक हराउन पनि सक्छ । हामीले परामर्श लिइ स्किन अनुसारको प्रोडक्ट लगाउने गर्नुपर्छ । यी बाहेक हामीले घरेलु सामानको प्रयोगबाट छालामा चमक र निखार ल्याउन सक्छौं।

अनुहारलाई चमकदार र स्वस्थ बनाउन यी घरेलु उपाय अपनाउन सकिन्छ :

मुलतानी मिटी (माटो)को प्याक

यदि तपाईको स्किन ओइली छ भने यस्तो स्किन (मुलतानी मिटी)को प्याक लगाउनु होला यसले तपाईको स्किनमा चमक ल्याउँदछ । ओइली स्किन चिपचिप हुन्छ र चमक पनि आउँदैन । तर, यसको प्रयोगले चमक ल्याउँदछ। यसको लागि १ चम्चा (मुलतानी मिटी) १चम्चा टमाटरको रस मिसाएर पेस्ट बनाउने र अनुहारमा लगाउने । त्यसपछि १५ मिनेट राखेर तातो पानीले पखाल्ने ।

स्टिमिङ्ग

अनुहारमा स्टिम दिँदा छिद्र ओपन हुन्छ र फोहोर बाहिर निस्किन मद्दत गर्दछ । जसले गर्दा अनुहारमा चमक आँउछ । तर, अनुहार ड्राई छ भने स्टिम धेरै दिनु हुदैँन । स्टिम दिदाँ ५ देखि ६मिनेटसम्म लिने र छिद्र खुला भइसकेपछि एकछिनमा कोल्ड कम्पेरस दिनु जरुरी पर्दछ। यसले फेरी छिद्रलाई बन्द गर्न मद्दत गर्दछ । कोल्ड कम्पेरस दिनको लागि पानीमा गुलाब जल र टोनर मिसाएर झोल बनाउने र सोही झोलमा रुमाल वा कपास भिजाएर लगाउने गर्दा अनुहारमा अझै बढी निखार दिन्छ ।

निन्द्रा

हामीलाई फ्रेस हुनको लागि निन्द्राको पनि महत्वपूर्ण भुमिका रहेको हुन्छ । यदि अनिदो भयो भने अनुहारमा मलिनता छाउदँछ । त्यसैले, हामीले निन्द्राको लागि योगा गर्नु जरुरी हुन्छ ।

खानपान

स्वास्थ खाना खाने प्रशस्त मात्रामा झोल पदार्थहरु पिउने, फलफूलहरु खाने गर्नु पर्दछ । त्यस्तै, प्रशस्त मात्रामा पानी पिउनु पर्दछ ।

  • माथि उल्लेखित टिप्स बाहेक  कागतीमा, ग्लीसिरिन र गुलाबजल मिसाएर अनूहारमा लगाउनाले स्क्नि टाइट हुन्छ । यस्तो विधि अपनाउँदा एक हप्तामा आफ्नो स्किनमा परिवर्तन पाउनु हुनेछ । यसले अनुहारमा निखारता पनि ल्याउँछ ।

  • दिनमा १ मिनेट कागतीको रस दूइ थोपा र नरिवलको तेल एउटा टेबल स्पुनको १/४ चौथाई भाग मिक्स गरेर मसाज गर्नाले स्किन गोरो हुनुको साथै अनुहारमा रहेको कालो धब्बा वा दागहरु पनि कम हुँदै जान मदत गर्दछ । यसले अनइवन स्किनबाट पनि छुटकारा दिन्छ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ