२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यअनुहारको चाउरीपना हटाउने सजिलो तरिका यस्तो

अनुहारको चाउरीपना हटाउने सजिलो तरिका यस्तो


उमेर ढल्कदै गएपछि मानिसको अनुहारमा चाउरीपनाको समस्या देखिन थाल्छ । चाउरीपना हटाउन हामीले बजारमा पाउने विभिन्न प्रोडक्टहरु प्रयोग गर्ने गर्छौं । तर, हामी सबैलाई कुन क्रिमले राम्रो गर्छ र कसरी प्रयोग गर्छ भन्ने कुरा आफ्नो स्किनको जाँच गरेपछि मात्रै लगाउनु पर्ने हुन्छ ।

यसबाहेक घरमै पाइने घरेलु वस्तुहरुको राम्ररी प्रयोग गर्न जानेमा हामीले घरमा नै बसी-बसी चाउरीपना हटाउन सक्दछौ ।

यस्तो छ घरमै चाउरीपना हटाउने विधि:

१. एक मुठी आलसलाई राति काँचो दूधमा भिजाउने र भोलिपल्ट विहान पिसेर अनुहारमा सफा पानीले पूछेर १० देखि १५ मिनेटको लागि लगउनाले अनुहारको चाउरीपना हट्न गइ अनुहार चम्किलो र उज्यालो देखिन्छ ।

२. आदि चम्चा महलाई सानो आँचमा पकाउने र त्यसमा पाकेको केरा एक चौथाइ मिसाइ राम्ररी मल्ने र तीन /चार थोपा बदामको तेल मिसाइ  अनुहार साथसाथै आँखाको चारैतिर वरिपरि १५ देखि २०मिनेटको लागि लगाउने र भिजेको पफले विस्तारै सफासँग पुस्ने ।

३. यसरी १दिन विराएर लेप लगाउनाले अनुहारमा चमक आउनुको साथै दागहरु हटाइ  चाउरीपना  विस्तारै खत्म हुन्छ र यसले आँखा वरिपरिको पइन लाइन र डार्क सर्कल पनि घाटउँछ ।

४. मौसमी या सुन्तलाको बोक्रालाई बदामसँग पिसि दूधको मलाईसँग मिसाएर अनुहारमा प्याकको रुपमा लगाउनाले अनुहारको चाउरीपना कम भइ  चमक आँउदछ ।

५. बोक्रा वाला मसुरोको दाल र मासको दाललाई राति पानिमा भिजाएर बिहान थोरै बेसार मिसाइ  पिसेर १० देखि १५ मिनेटको लागि प्याकको रुपमा अनुहारमा लगाउनाले अनुहारमा छुटै चमक आइ छाला कमलो र आर्कषित देखिन्छ ।

६. यसको साथै यस प्याकले चाँया पोतो लगायत अनुहारमा भएका अरु दाग धब्बाहरु पनि हटाउँदछ ।

७. अनुहारमा समयभन्दा अगाडी चाउरीपना आएमा बदामको र नरीवलको तेल मिसाएर राति-राति मुख धोएर सधै मालिस गरेमा केहि हदसम्म यो समस्या कम हुन जान्छ ।

८. अण्डाको पहेलो, एक चम्चा बदामको तेल र केहि थोपा गुलाब जललाई मिलाएर मिश्रण बनाइ अनुहारमा ३० मिनेटको लागि लगाउने र मनतातो पानीले सफासँग धुने । यो विधिले छालामा प्राकृतिक चमक ल्याई चाउरीपन हटाउँन मद्धत मिल्दछ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ