२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यसुन्दरताको साथै स्वास्थ्यका लागि पनि पेडिक्योर जरुरी, यस्ता छन् फाइदा

सुन्दरताको साथै स्वास्थ्यका लागि पनि पेडिक्योर जरुरी, यस्ता छन् फाइदा


प्राय मानिस अनुहारलाई मेनटेन राख्नको लागि कयौं प्रोडक्ट्स र ट्रिटमेन्ट गराउने गर्छन। तर, अनुहारको साथै हात र खुट्टाको सरसफाई पनि सौन्दर्य र स्वास्थ्यको महत्वपूर्ण भाग हो भन्नेकुरा हामीलाई ख्याल नहुन सक्छ। तपाईको खुट्टाको नङ सहि तरिकाबाट सफा र काटिएको छैन भने खुट्टा फुट्ने, फोहोर हुने र फंगल इन्फेक्सन जस्ता समस्या निम्तिन सक्छ। त्यसकारण यी सबैसमस्याबाट छुट्कारा पाउन पेडिक्योर आवश्यक छ।

पेडीक्योर खुट्टाको सुन्दरता मात्र नभई तपाईको स्वास्थ्यका लागि पनि उत्तिकै जरुरी छ। ​महिनामा एकपटक पेडीक्योर गराउनै पर्दछ। यदि तपाईको खुट्टामा धुलो, माटो र घामबाट चिन्तित हुनहुन्छ भने पेडीक्‍योर गराउनै पर्दछ।

किन जरुरी त पेडिक्‍योर ?

सौन्दर्य विशेषज्ञ महिनामा एकपटक पेडिक्योर गराउनु पर्ने सल्लाह दिन्छन् । यसले महिनाभरको थकानलाई मेटाउछ। साथै तपाईलाई ताजापनको महसुस पनि गराउँछ।

पेडिक्योरको विषयमा हेल्थआवाजसँग कुरा गर्दै टुलिप सैलुन एण्ड एकेडेमीकी सौन्दर्यविद सुदिना खड्की भन्छिन्, ‘हाम्रो खुट्टाको पैताला भनेको पुरै शरीरको ऐना मानिन्छ। पेडिक्योर गर्नाले खुट्टाको साथसाथै पुरै शरीरलाई आराम मिल्छ । यो एउटा कस्मेटिक ट्रिटमेन्ट हो ।’

पेडिकेयर पनि धेरै प्रकारको हुन्छ। जस्तै: थेरापिस्टद्धारा गरिने,मसिनबाट र अर्के फिस पेडिकेयरबाट गर्न सकिन्छ। पेडिकेयर नङ देखि खुट्टासम्ममा गरिन्छ।

 

 

 

सौन्दर्यविद खड्कीका अनुसार यी हुन् पेडिकेयरका फाइदा:-

  • यो एक प्रकारको आराम दिने र रिफ्रेस दिने ब्युटी ट्रिटमेन्ट हो ।
  • खुट्टा र नङको समस्या हटाउँछ ।
  • नङलाई राम्रोसँग बढाउन मद्दत गर्छ।
  • खुट्टामा भएको मृत कोषिका हटाउछ।
  • तनाव कम गराउँछ।
  • रक्त संचार प्रवाह राम्ररी गराउछ।

जसरी अनुहारमा सुन्दर र ग्लो राख्न नियमित रुपमा फेसियल जरुरी छ। त्यसरी नै खुट्टालाई सफा, ताजा र नङको हेरचाह गर्न पेडीक्योर जरुरी छ। यस विधिमा खुट्टाको नङ काटेर ट्रिम गरी राम्ररी सफा गरिन्छ। जसले गर्दा कुनै पनि संक्रमणबाट बच्न सकिन्छ। साथै पेडिक्योर गराउँदा धुलो र ब्याक्टेरिया पनि सफा हुन्छ र फंगसको वृद्धि हुन् पाउदैन।

खुट्टामा ध्यान नदिंदा खुट्टा फुट्ने गर्छ। नियमित रुपमा पेडिक्योर गर्दा खुट्टा फुट्ने र रुखो हुने समस्याबाट छुटकारा मिल्छ। यसले मृत कोषिका निकाल्ने देखि स्किनलाई मुलायम र आकर्षक बनाउँछ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य
ट्याग : #health tips, #पेडिक्‍योर, #सौन्दर्यविद सुदिना खड्की


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ