२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यओइली र एक्ने स्किनबाट यसरी पाउनुहोस् छुट्कारा

ओइली र एक्ने स्किनबाट यसरी पाउनुहोस् छुट्कारा


हरेक मानिसको अनुहारको छाला फरक-फरक हुने गर्छ। जसले गर्दा अनुहारको हेरचाह गर्दा यसको प्रकारलाई ध्यानमा राख्नु जरुरी छ। यदि तपाई स्किनको प्रकार अनुसार हेरचाह गर्दा अनुहारमा आउने एक्ने, पिम्पल र अन्य प्रकारको एलर्जी देखिने समस्या हुन्छ। यस लेखमा हामी अनुहारको स्किन कति प्रकारको हुन्छ ? र अनुहारको हेरचाह कसरी गर्ने भन्ने बताउन गैरहेका छौँ।

हाम्रो अनुहारको छाला ५प्रकारको हुन्छ ।

  • नर्मल स्किन
  • ओइली स्किन
  • कम्बिनेसन स्किन
  • सेन्सेटिभ स्किन
  • ड्राइ स्किन

हामीले हाम्रो अनुहारको स्किनलाई दुई प्रकारले केयर गर्न सक्छौं। एउटा मेन्टेन र अर्को भने ट्रिटमेन्ट विधिबाट। मेन्टेन कसरी गर्ने त ?

  • यदि हाम्रो छाला नरमल छ भने सधै नरमल र स्वस्थ रहिरहोस् भन्नको लागि मेन्टेन गरि स्किन केयरमा ध्यान दिनु जरुरी छ ।

ट्रिटमेन्ट

  • यदि हाम्रो छालामा रोगहरु यानिकी मखियाँ, पिमपल, पिगमेन्ट, ड्राई, ओइली, एक्ने आदि समस्याहरु भएको खण्डमा स्किनअनुसार ट्रिटमेन्ट गर्नु जरुरी हुन्छ ।

प्राय मानिसहरुको अनुहारमा एकने र बढी ओइली हुने समस्या हुन्छ। जसकारण अनुहारको सुन्दरता हराउन थाल्छ। यसको लागि हामीले घरमा नै केहि उपाय अपनाएर यसको समाधान गर्न सक्छौं।

घरेलु उपायहरु :

अहिले गर्मी मौसम चलिरहेको छ। जसकारणले हाम्रो अनुहारमा चिल्लो हुने गर्दछ । यससमय हामीले आफ्नो स्किन अनुरुप हेरचाह गरेनौं भने हाम्रो अनुहारमा पिम्पल र एक्ने आउने गर्दछ। त्यसैले हामी घरमै बसेर पनि घरको सामाग्रीहरुको उपयोग गारि विभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।

ओइली स्किन हटाउने विधि :

  • २ चम्चा बेसनमा २ चम्चा गुलाबजल मिक्सअप गरि पेस्ट बनाउने।
  • अनुहारमा प्याकको रुपमा लगाउने।
  • त्यसपछि २० मिनेट राखेर मनतातो पानिले धुने ।
  • यसो गर्नले ओइली स्किनबाट छुटकारा पाउन सकिन्छ।
  • १ चम्चा चन्दनको धुलो र २चम्चा मुल्टानी मिठिको धुलो मिक्स गरि प्याकको रुपमा प्रयोग गर्नाले पनि ओइली स्किनको उपचार हुने गर्दछ।

पिम्पलस तथा एक्ने स्किनको उपचारको लागी घरेलु विधि-

  • २ चम्चा वेसनको पिठोमा आधा चम्चा बेसार मिसाएर गुलाबजलको साथमा मिक्स गरि पेष्ट बनाएर लगाउने पिम्पलस स्किनको उपचार हुने गर्दछ।
  • २ चम्चा बेसनको पिठो, १ चम्चा दहि, १ चम्चा बेसार ,१ चम्चा कागतिको रस राखेर मिक्स गरि अनुहारमा लगाउँदा पिम्पलस, ऐक्नेबाट छुटकारा पाउनुको साथै स्किनमा चमक पनि आउँछ ।
  • १चम्चा महमा १ चम्चा दालचिनीको धूलो राखी पेष्ट बनाएर प्याकको रुपमा प्रयोग गर्दा पनि ऐक्नेबाट छुटकारा मिल्दछ।

क्याटेगोरी : सौन्दर्य स्वास्थ्य
ट्याग : #एक्ने स्किन, #ओइली स्किन हटाउने विधि, #वरिष्ठ ब्युटीसियन रेणु शाक्य राना


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ