२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यऔषधीय गुणले भरिएको मेहेन्दीका यस्ता छन् फाइदा

औषधीय गुणले भरिएको मेहेन्दीका यस्ता छन् फाइदा


मेहेन्दी एउटा यस्तो बनस्पती हो। जसको गर्भमा रातो रङ हुन्छ। यस वनस्पतिको पातलाई पिसेर पनि प्रयोग गर्न सकिन्छ। यसले हाम्रो छालामा विभिन्न डिजाइन बनाइ छालालाई रंगाई सुन्दर देखाउँछ। हिन्दुहरुले पूजाआजा, विवाह, तीज र साउन महिना भरि मेहेन्दी नारीहरुले लगाउने गर्छन। साउन महिनामा भने विशेषरुपले महिला र कोशोरीहरुले आफ्नो हातमा मनपर्ने डिजाइनका मेहेन्दी लगाउने गर्छन। मेहेन्दी लगाउनु शुभ र सौभाग्यको सामग्री पनि मानिन्छ। वैवाहिक कार्यक्रममा त झन् मेहेन्दीको छुटै महत्व छ।

ध्यान दिनु पर्ने कुराहरु:

मेहेन्दीलाई सौन्दर्य सामग्रीको रुपमा मात्र नभइ स्वस्थ्य साम्रगीको रुपमा पनि प्रयोग गरिन्थ्यो । पहिला-पहिला गर्मी ठाँउमा अत्यन्तै गर्मीले  गर्दा लु लागेको बेला यसको लेप बनाइ हत्केला र पैतालामा लगाइन्थ्यो जस्ले गर्दा शरीरमा शितलता प्रदान हुन्थ्यो । यसको साथै अत्यन्तै गर्मीले टाउको दुखेको पोलेको बेला पनि तालुमा मेहेन्दीक लेप लगाउनाले पनि गर्मीको प्रकोप हुन्छ भन्न चलन छ।

हातखुटाको नङ गाडेर सुन्निएमा पनि मेहेन्दीको पातलाई पिसेर यस्को लेप लगाइन्थ्यो र गाँउघर तिर अहिले पनि यो प्रचलन छ । यसलाई आयूर्वेदिक औषधीको रुपमा अझै पनि गाँउघरतिर प्रयोग गर्ने गरिन्छ । प्रेसर र सुगर भएको व्यक्तिले अभै पनि गाँउघर तिर मेहेन्दीको  फूल र फलको काढा बनाइ पिउने गर्छन । तर आजभोलि रसायानिक यूगमा मेहेन्दीमा पनि विभिन्न प्रकारको रसायन कलरहरु मिसाइ मेहेन्दीको रङ  बनाउने गरिएको छ ।

जसको फलस्वरुप हातखट्टामा बुट्टा बनाइ मेहेन्दी लगाइ सकेपछि केहि समय पछि नै एलर्जी हुने छालाको क्यान्सरजस्ता समस्याहरु देखा परेको देख्न सुन्न आइएको छ । तसर्थ रेडिमेड मेहेन्दी लगाउदा डेट र ब्राण्डको  राम्ररी पहिचान गरि लगाउनू पर्दछ । साथै हातखुट्टामा मेहेन्दी लगाउदा आफ्नो स्किन  सवेदनशील छ की नर्मल छ सो कूराको पनि ध्यान हुनुपर्दछ । यदि सवेदनशील छाला  छ भने रेडिमेड कुपी ब्राण्डको को मेहेन्दी भन्दा आफै कुपि बनाइ मेहेन्दी लगाउँदा फाइदाजनक हुन्छ ।

 

 

यसका फाइदा

  • यो मौसममा कयौँ प्रकारका रोगहरु फैलने डर हुन्छ । आयुर्वेदमा हरियो रङले कयौँ रोगको रोकथाम हुने उल्लेख छ ।
  • मेहेन्दीको सुगन्ध र चिसोले तनाव कम गर्दछ । अत्यधिक गर्मीलाई कम गर्दछ ।
  • छाला सम्बन्धि धेरै रोगहरुबाट मुक्ति दिनुका साथै छाला पनि सुन्दर बनाउँछ।
  • हात र खुट्टाको पैतालामा मेहेन्दी लगाउदा शरीरको गर्मी कम हुन्छ ।
  •  मेहेन्दी कयौँ औषधीय गुण हुने गर्दछ । यसले शितलता, तनाव कम, शिरदर्द र रुघाखोकीमा राहत गराउँछ ।

 

 


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य
ट्याग : #मेहेन्दीका फाइदा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ