२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारओठका कारण भाइरल बनेकी युवती

ओठका कारण भाइरल बनेकी युवती


पछिल्लो समयमा युवतीमाझ फराकिलो तथा अरुसँग बोलेको जस्तो अभिव्यक्ति देखाउने सेक्सी ओठको ट्रेन्ड चलेको छ । ओठलाई चम्किलो र चिल्लो बनाउन विभिन्न तेलदेखि असामान्य लिप ग्लस लगाउने होड युवतीहरुमा ।

ओठ ठूलो बनाउने लहर चलिरहेका बेला केही युवतीहरुले भने शल्यक्तिया गरेर नै आफ्नो ओठलाई ठूलो आर्कषक र ‘सेक्सी’ बनाउन थालेका छन् । आफ्नो असामान्य ठूलो ओठका कारण बुल्गेरियाकी एक २२ वर्षीय युवती अहिले सामाजिक संजाल र युट्युबमा भाइरल बनेकी छिन् ।

एन्ड्रिया इमिलोभा इभानोभाले शल्यक्रिया गरेर आफ्नो ओठलाई अस्वभाविक रुपमा ठूलो बनाएकी हुन् । उनले सो ओठका लागि मात्र ३ लाख रुपैयाँ भन्दा बढी खर्च गरेकी छिन् ।

ओठलाई एक्सपोज गरेको भिडियोलाई धेरैले मन पराएका छन् । भिडियो कयौपटक हेरिनुका साथै सेयर गरिएको छ । कतिपयलेआफूहरुले पनि उनको जस्तै ओठ बनाउन चाहेको प्रतिकृया दिएका छन् भने केहीले शल्यक्तियापछि उनी झन कुरुपय भएको टिप्पणी गरेका छन ।

‘आजभोली म जस्तै केही मानिसले ठूला ओठ मन पराउँछन् तर, कोही भने साना ओठमै चित्त बुझाउछन’ उनको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरले उल्लेख गरेका छन् । जर्मनीको सोफिया युनिर्भसिटीको भाषा विज्ञानकी छात्र समेत रहेकी एन्ड्रियाले आफ्नो नयाँ ओठका कारण आत्मविश्वास बढेको बताउँछिन् ।

उनी भन्छिन, ‘शल्यक्रियापछि मलाई ओठ निकै मन पर्न थालेको छ । ठूला ओठमा म सुन्दर देखिन्छु । ठूलो ओठ बुल्गेरियाको अहिले फेसनजस्तै बनेको छ ।’

उनले आफ्नो ओठमा प्राय सबै प्रकारका लिप फिलर राखेकी छिन् । इन्सट्राग्राममा उनका १५ हजार भन्दा बढी फलोअर छन र आफ्ना फ्यानबाट राम्रो प्रतिकृया पाएकी छिन् । तर, केहीले उनको कटु आलोचना गरेका छन् । कसैले ‘सुँगुर ओठे’ भनेका छन् । तर, पनि उनले कसैको चासो गर्दिनन् ।

–एजेन्सी


क्याटेगोरी : समाचार, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ