गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ कपालको स्याहार कपालको स्याहार लक्ष्मी महत वरिष्ठ सौन्दर्यविद बुधबार, २०७८ फागुन ११ गते, १६:५० मा प्रकाशित जसरी छालाको स्याहार गर्नु जरुरी छ । त्यसरी नै हरेक मौसममा हाम्रो कपालको पनि स्याहार गर्नु उत्तिकै जरुरी हन्छ । हामीले थोरै वेवास्ता गर्नाले पनि कपाल झने, टुक्रिने, रुखो हुने र कपालको चमकमा कमी आउने गर्छ । यसले गर्दा मानिसको सौन्दर्य र व्यक्तित्वमा नकरात्मक असर पर्दछ । त्यहीमाथि नारीहरुको लागी त कपाललाई गहनाको रुपमा लिनुपर्ने देखिन्छ । यदि कपाल भएन भने जति सुकै महँगो लुगा, गहना लगउनुस् तर सौन्दर्यमा कमीको अनुभुती हुन्छ । त्यसैले, हामीले हरेक समयमा कपालको स्याहार गर्नु जरुरी छ । अहिलेको अवस्थामा हाम्रो दैनिकी र व्यस्त जिवन शौलीका कारण पनि कपालमा धेरै खालको समस्या देखिन्छ । यस्तो खालको समस्याको कसरी गर्ने त समाधान ? जानौं । सबैभन्दा पहिला त हामीले हप्ताको कम्तिमा पनि २पटक कपाल नुहाउनु जरुरी हुन्छ । कपाल नुहाउँदा स्याम्पुले कपालको जरामा पुग्ने गरि स्याम्पु लगाएर हल्का टाउको मसाज गरि नुहाउनु पर्दछ । टाउको फोहोर भएमा ३पटक सम्म स्याम्पु लगाउनु जरुरी हुन्छ होइन भने २ पटक लगाएर धुनुपर्दछ । त्यसपछि कन्डिसनरले कपालको जरामा नलगाउने खाली जराभन्दा १ इन्च मुनिबाट टुप्पासम्म लगएर २मिनेट राखेर पखाल्ने । सातामा १पटक डिपकन्डिसनिङ ट्रिटमेन्ट गराउनु पर्दछ ।यस्ले कपाललाई हाइड्रेटेड नरम बनाइराख्छ । नुहाउनु भन्दा १घण्टा अगाडी कपालमा लगाउने तेलले मसाज गरि नुहाउदाँ पनि कपाल झर्नबाट रोक्छ , सुख्खा हुन दिँदैन र चायाँबाट पनि छुटकारा मिल्छ । कडा खालको रसायन मिसिएको स्याम्पुले केस ड्यामेज गर्छ सो यस्तो प्रडक्टबाट टाढा रहनु उचित हुन्छ । कपाल सुख्खा भएर हाँगा अथवा दुई मुखे केसको समस्या हुने हरुले ५-६ साताको फरकमा केस ट्रिम गराउनुपर्छ । स्ट्रेटनर हट आइरन ड्रायरबाट पनि जोगिनुपर्छ । यस्ले कपाललाई ड्राई बनाउँद छ । अल्कोहलयुक्त प्रोडक्ट प्रयोग नगर्ने । घरबाहिर निस्किदा आफ्नो कपाललाई स्कालपको प्रयोगले छोपन सकिन्छ ।जस्ले गर्दा हावा धुलो, धुवाँ, घामबाट कपाल जोगिन्छ । घरेलु टिप्स सुख्खा कपालको लागि चाँयाको समस्याबाट जोगिन कागतिको रसमा नरिवालको तेल मिसाएर १०-१५ मिनेट सम्म मसाज गरि आधा १ घण्टामा नुहाउने । यसो गर्दा चाँयाको समस्याबाट छु्टकारा पाइन्छ । कागतीको रस र दहि मिसाएर मास्क तयार गर्ने । यस ऐन्टी ड्रेन्ड्रफ प्याकलाई केस र स्कालपमा लगाउने। ३० देखि ४५ मिनेट सम्म राखनुहोस् र मन तातो पानीले नुहाउने । दहिले स्कालप सफा गर्छ भने कागतीले चायाँ तथा मृत छाला हटाउने काम गर्छ । रुखो कपालको लागि हाम्रो घरमा रहेको मेथीको दानालाई भिजाउने र त्यसलाई पिसेर केहि थोपा तोरीको तेल मिसाएर ३० देखि ४५ मिनेट सम्म राखी मन तातो पानीले नुहाउने । यसले कपाल नरम चम्कीलो बनाउँछ । ऐलोबेरा जेलमा कागतीको रस केही थोपा मिसाउने । अझ यसमा नरिवालको तेल अथवा ओलिभ ओइल पनि हाल्ने र कपालको जरा देखि टुप्पो सम्म लगाएर मसाज गर्ने । त्यसपछि ३० देखि ४५ मिनेट राखेर नुहाउने । यसले कपाल नरम, चम्कीलो र बलियो बनाउँछ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? २ जीवन विकास अस्पतालमा ११६ चिकित्सकसहित ५१६ जनाले रोजगारी पाउने ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ योग के हो ? यसका प्रकार र फाइदा ६ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? काठमाडौं उपत्यकामा ५ सहित एकैदिन थप ४५१ जनामा कोरोना पुष्टि चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? काठमाडौं उपत्यकामा ५ सहित एकैदिन थप ४५१ जनामा कोरोना पुष्टि चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै