२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभ्रष्टाचार अभियोगमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी बर्खास्त

भ्रष्टाचार अभियोगमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी बर्खास्त


काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधी व्यवस्था विभागमा काम गर्ने फार्मेसी अधिकृत श्यामकुमार अधिकारीले भ्रष्टाचार गरेको भन्दै सेवाबाट बर्खास्त गरेको छ ।

मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी २०७१ साल १२ महिना १२ गतेबाट लागु हुने गरी भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको उल्लेख गरेको छ ।

उनलाई लोकसेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको १४ असोज २०७८ को पत्रअनुसार स्वास्थ्य सेवा ऐनको दफा ७४ उपदफा २ बमोजिम भ्रष्टाचार कसुर सम्बन्धी कानुन बमोजिम बर्खास्त गरिएको उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भ्रष्टचार, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ