२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षामहाराजगञ्ज मेडिकल कलेजले सुरु गर्‍यो दन्त चिकित्सा शिक्षण अस्पताल

महाराजगञ्ज मेडिकल कलेजले सुरु गर्‍यो दन्त चिकित्सा शिक्षण अस्पताल


काठमाडौ–त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम) अन्र्तगतको महाराजगञ्ज मेडिकल कलेजले आफ्नै दन्त चिकित्सा शिक्षण अस्पताल सुरु गरेको छ ।

सोमबार त्रिभूवन विश्वविद्यालयका उपकुलपती प्राडा तिर्थ खनियाले सो शिक्षण अस्पतालको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपती खनियाले जुनसुकै उपचारको लागि त्रिवी अब पुर्ण भएको बताए । महाराजगन्ज क्याम्पसले जसरी अन्य फ्याकल्टीमा देश विदेशको गौरवको रुपमा स्थापित गरे जस्तै दन्त चिकित्साको क्षेत्रमा पनि आफ्नो साख कायम गर्नेमा विश्वास लिएको उनले बताए ।

आइओएमका डिन प्राडा जगदीशप्रसाद अग्रवालले महाराजगञ्ज क्याम्पसमै विडीएस अध्ययापन र शिक्षण अस्पताल स्थापनालाई सुरुदेखि नै पहिलो प्रथमिकतामा राखेर काम गरेको बताए ।

रहेको दन्त चिकित्सा अध्ययान र अस्पताल अहिले आएर पुरा भएको बताए । गत मंसिरबाट दन्त चिकित्सा तर्फकोे स्तानतक(विडिएस) कक्षा सुरु गरेको सो कलेजले आफ्नै अस्पताल स्थापना गरी सेवा सुरु गरेको थियो ।

हाल महाराजगञ्ज क्यामप्समा २५ विद्यार्थीले विडीएस अध्ययन गरिरहेका छन् । आइओएमको आफ्नै क्याम्पसमा विडिएस पढाइ नभएपनि अन्य कलेजलाइ भने सम्बन्धन दिदै आएको थियो ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ