२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षापिजी अन्तिम वर्षका परीक्षार्थीलाई क्वारेन्टाइन खर्च दैनिक २ हजार, पिसिआर परीक्षण अनिवार्य

पिजी अन्तिम वर्षका परीक्षार्थीलाई क्वारेन्टाइन खर्च दैनिक २ हजार, पिसिआर परीक्षण अनिवार्य


काठमाडौं—काठमाडौं उपत्यका बाहिरबाट पिजी अन्तिम वर्षको परीक्षा दिन आउने परीक्षार्थीले होटेल क्वारेन्टाइन खर्च २ हजार र पिसिआर जाँच अनिवार्य गर्नुपर्ने भएको छ । त्रिवि चिकित्सा अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले बिहीबार एक सूचना जारी गर्दै उक्त कुरा जनाएको हो ।

महाशाखाले उपत्यका बाहिर आउने परीक्षार्थीहरुका लागि विभिन्न पाँच बुँदे निर्देशन जारी गरेको छ । उक्त निर्देशनमा काठमाडौं उपत्यकामा प्रवेश गरिसकेपछि त्रिवि चिकित्सा अध्ययन संस्थानले व्यवस्था गरेको क्वारेन्टाइनमा दुई हप्ता वस्नुपर्ने, क्वारेन्टाइनका रुपमा तोकिएको होटलको खाने बस्ने व्यवस्थाका लागि दैनिक २ हजार रुपैयाँ विद्यार्थीले तिर्नुपर्ने, परीक्षाभन्दा एक हप्ता अगाडि पिसीआर परीक्षण अनिवार्य गर्नुपर्ने निर्देशन दिइएको छ ।

जसमा पिसिआर गर्न सरकारी मापदण्ड पुगेकाको हकमा निःशुल्क परीक्षण हुनेछ भने उक्त मापदण्डमा नपरेकाले ५ हजार ५ सय शुल्क तिरेर पिसिआर परीक्षण गर्नुपर्नेछ ।

यस्तै, पिसिआर टेष्ट पोजेटिभ आएमा अनिवार्य रुपमा २ हप्ता क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तो विद्यार्थीले पछि हुने परीक्षामा मात्र सम्मिलित हुने पाउनेछन् ।

यस्तै, कोभिड—१९ को रोकथाम निर्देशन पूर्ण रुपमा पालना गर्नुपर्नेछ भने अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, भौतिक दूरी २ मिटर कायम गर्ने र साबुन पानीले हात धुने तथा सेनिटाइजरको बारम्बार प्रयोग गर्न पनि निर्देशनमा भनिएको छ ।

९ साउनदेखि पिजी अन्तिम वर्षको परीक्षा सुरु हुँदैछ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ