२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षा३२ जना स्टाफ नर्सलाई एक हप्ताभित्र दरबन्दी भएको कार्यालयमा हाजिर हुन निर्देशन

३२ जना स्टाफ नर्सलाई एक हप्ताभित्र दरबन्दी भएको कार्यालयमा हाजिर हुन निर्देशन


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत चीनबाट छात्रवृत्तिमा अध्ययन पूरा गरेर एक महिनाअघि नै नेपाल फर्किएका ३२ जना नर्सिङ स्टाफले दरबन्दी भएको स्थानमा उपस्थिती नभएपछि मन्त्रालयले एक हप्ता भित्र हाजिर हुन निर्देशन जारी गरेको छ ।

दुई वर्षअघि स्वास्थ्य मन्त्रालयले चीनको सेन्ट्रल साउथ युनिभर्सिटीले मास्टर्स इन एडभान्स नर्सिङ्ग प्रायाक्टिस कोर्समा ३२ जना नर्सको लागि छात्रवृत्ति उपलब्ध गराएको थियो । छात्रवृत्तिमा पढ्न गएका नर्सहरु १५ जुलाईमा सो अध्ययन पूरा गरी सबै नेपाल फर्किसकेका छन् । नेपाल फर्किएको झण्डै एक महिना हुनलाग्दा पनि उनीहरु आफ्नो दरबन्दी रहेको कार्यलयमा हाजिर हुन गएका छैनन् । सम्बन्धित दरबन्दी भएको कार्यलयमा उपस्थित नभएपछि एक हप्ता भित्र हाजिर हुन निर्देशन दिएको मन्त्रालयका बहु—क्षेत्रीय समन्वय शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले बताए ।

छात्रवृत्तिमा पढ्न गएका नर्सहरुले भने आफूहरुको विदा आगामी असोज ४ चार गतेसम्म भएकोले तत्काल कार्यलयमा उपस्थित नहुने जिकीर गर्दै आएका छन् । मन्त्रालयले भने समायोजनको विषक परिस्थितीमा विदा उपलब्ध गराएको मितिलाई नै आधार नबनाउन उनीहरुलाई निर्देशन दिएको छ । ‘सरकारले तलबी विदामा पठाएका कर्मचारी पढाइ सकेर चाडैं आएपछि काममा खटेको राम्रो हुन्छ,’ सापकोटाले भने, ‘समायोजनका कारण अस्पतालहरुमा कर्मचारीको अभाव रहेको छ, उहाँहरुको विदाको विषयमा मन्त्रालयले अर्को निर्णय गरेर सच्याउछ ।’

मन्त्रालयले निर्देशनलाई बेवास्ता गरे स्वास्थ्य सेवा ऐनको दफा ६३ को उपदफा ३ अनुसार कार्वाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ । ऐनमा कुनैपनि कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरी वा नगरी सेवा गर्न नआएमा त्यस्तो कर्मचारीबाट अध्ययन, तालिम वा अध्ययन भ्रमण अवधिभर निजले पाएको तलब भत्ता तथा शिक्षण शुल्क र छात्रवृत्ति रकम समेत असुल गरी निज उपर विभागीय कारबाही गरिने उल्लेख छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ