२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाचिकित्सातर्फको पोष्ट ग्राजुयसनमा २८६ सिट बढ्यो, कुन विधामा कति सिट ?

चिकित्सातर्फको पोष्ट ग्राजुयसनमा २८६ सिट बढ्यो, कुन विधामा कति सिट ?


काठमाडौं—राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सातर्फको पोष्ट ग्राजुयसन (पिजी)मा २८६ सिट वृद्धि गरेको छ । आयोगले यस वर्ष एमडी/एमएसतर्फ २६१ सिट वृद्धि गरेको छ । यस्तै, एमडीएसमा २५ सिट वृद्धि भएको छ ।

गत वर्ष एमडी/एमएसतर्फ ७८८ सिट रहेको थियो भने एमडीएसतर्फ ४७ सिट रहेको थियो । यस वर्ष एमडी/एमएसमा १०४९ सिट र एमडीएसमा ७२ सिट बनाइएको छ ।

यस वर्षको एमडी एमएसमा त्रिभुवन विश्वविद्यालय र सोअन्तर्गत कलेजहरुलाई ३८७ सिट र काठमाडौं विश्वविद्यालय तथा सोअन्तर्गतका कलेजलाई ३५८ सिट, स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य प्रतिष्ठानहरुलाई ३१३ सिट दिइएको छ ।

एमडी/एमएसबाहेक नर्सिङतर्फको पोष्ट ग्राजुयटमा १७७ सिट, पब्लिक हेल्थ १८७ सिट र अन्य विद्याका ८४ सिट छुट्याइएको छ ।

एमडी/एमएस, एमडीएस, नर्सिङ, पब्लिक हेल्थ र अन्य विद्याका स्नातकोत्तर गर्नेहरुका लागि सरकारी स्वास्थ्य संस्थाहरुमा ६८४ सिट उपलब्ध गराइएको छ भने निजी स्वास्थ्य संस्थाहरुको ८७६ सिट उपलब्ध गराइएको छ ।

पिजीमा कम सिट भएका कारण धेरै विद्यार्थीहरु विदेशिनुपर्ने बाध्यता रहँदैं आएको थियो ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ