२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाकर्णालीले पिजी पढाउन पायो ५ सिट, पिजीमा कुन कलेजले कति सिट पाए ?

कर्णालीले पिजी पढाउन पायो ५ सिट, पिजीमा कुन कलेजले कति सिट पाए ?


काठमाडौं—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्ट ग्राजुयसन पढाउनका लागि ५ सिट पाएको छ । आयोग स्रोतकाअनुसार अघिल्लो वर्ष पिजी पढाउन मान्यता पाएको पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठानले थप ९ सिट बढी पाएको छ । यससँगै पोखराले पिजी अध्यापनका लागि २६ सिट भएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ११८ सिट छुट्याइएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सबैभन्दा बढी सिट दिइएको छ । उसले एमडी÷एमएसका लागि १ सय ३५ सिट पाएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालले १२७ सिट पाएको छ भने पाटनस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४९ सिट दिइएको छ । यस पटक सरकारी चिकित्सा अध्यापन गराउने संस्थानहरुले पनि सिट बाँडफाँडमा प्राथमिकता पाएका छन् । यस्तै, काठमाडौं युनिभर्सिटीअन्तर्गतका कलेजलाई पनि सिट वृद्धि गरेर दिइएको छ ।

निजीतर्फ मणिपाल मेडिकल कलेजलाई ३३ सिट, चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजलाई ४८ सिट, काठमाडौं मेडिकल कलेजलाई ७१ सिट, नेपाल मेडिकल कलेजलाई ५५ सिट, नेपालगन्ज मेडिकल कलेजलाई २४ सिट, नोबेल मेडिकल कलेजलाई ५९ सिट दिइएको छ ।

यस्तै लुम्बिनी मेडिकल कलेजलाई ३३ सिट, काठमाडौं विश्वविद्यालय धुलिखेल ४६ सिट, युनिभर्सल मेडिकल कलेजलाई ४१ सिट, नेशनल मेडिकल कलेजलाई ४६ सिट, जानकी मेडिकल कलेजलाई ४ सिट, किष्ट मेडिकल कलेजलाई ४६ सिट, चितवन मेडिकल कलेजलाई ५१ सिट, गण्डकी मेडिकल कलेजलाई ३३ सिट दिइएको छ । यस्तै, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ५२ सिट दिइएको छ ।

यस्तै, पिपुल डेन्टल कलेजलाई १६ सिट र कान्तिपुर डेन्टल कलेजलाई १० सिट दिइएको छ ।

माष्टर्स अप्थोमेटिक्स पढाउन तिलगंगालाई ७ सिट र हिमालय आई इन्स्टिच्युट पोखरालाई ६ सिट दिइएको छ ।

आयोग बनेसँगै एमडी/एमएसको सिट संख्या वृद्धि भएको छ । चिकित्सातर्फको एमडी/एमएस र डिएमएसमा गरी २८६ सिट बढेको हो ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ