२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाचिकित्सा शिक्षा आयोग उपाध्यक्षका लागि हुने प्रस्तुतीकरण एवं अन्तर्वार्ता दुई दिन सारियो

चिकित्सा शिक्षा आयोग उपाध्यक्षका लागि हुने प्रस्तुतीकरण एवं अन्तर्वार्ता दुई दिन सारियो


काठमाडौं–चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदकहरुको प्रस्तुतीकरण तथा अन्तर्वार्ता दुई दिन सारेको छ । यसअघि समितिले २६ र २७ गते उपाध्यक्षमा आवेदन दिनेहरुको प्रस्तुतीकरण एवं अन्तर्वार्ताको मिति तोकेको थियो ।

तर, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वको सिफारिस समितिले विशेष कारण भन्दैं प्रस्तुतीकरण एवं अन्तर्वार्ताको मिति साउन २८ र २९ गतेका लागि सारेको हो । अब ९ जना आवेदक अन्तर्वार्ता साउन २८ र २९ गते विहान ११ बजेदेखि सञ्चालन हुनेछ ।

स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र सिफारिस समितिकी प्रभावशाली सदस्य डा. दिब्यासिंह शाह देशबाहिर रहेका कारण समितिले प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय दुई दिन सारिएको हो ।


चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ११ जना बरिष्ठ चिकित्सकहरुले आवेदन दिएका थिए । जसमध्ये प्रा.डा. प्रमोदकुमार सर्राफ र प्रा.डा. जेएन पाण्डे हिमालीको आवेदन सिफारिस समितिले मापदण्ड नपुगेको भन्दैं रद्ध गरिदिएको छ ।

दुई प्रतिस्पर्धी दौडबाट बाहिरिएसँगै अब चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्ने दौडमा ९ जना चिकित्सकहरु छन् । जसमा प्रा.डा. पारसकुमार पोखरेल, प्रा.डा. निलमणि उपाध्याय, प्रा.डा.तरुण पौडेल, प्रा.डा. यहुनचन्द्र शिवाकोटी, प्रा.डा. रमेशप्रसाद सिंह, प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. शम्भु पहारी र प्रा.डा सुरेन्द्र शेरचन छन् ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ