२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाएमबीबीएस र बीडीएस लाइसेन्स परीक्षाकाे नतिजा प्रकाशित

एमबीबीएस र बीडीएस लाइसेन्स परीक्षाकाे नतिजा प्रकाशित


नेपाल मेडिकल काउन्सिलले भदाै २० गते (शनिवार) लिएकाे एमबीबीएस र बीडीएस लाइसेन्स परीक्षाकाे नतिजा प्रकाशित गरेकाे छ । काउन्सिलले आइतबार राती नतिजा सार्वजनिक गरेको हो ।

काउन्सिलले एमबीबीएस र बीडीएस उत्तिर्ण गरेका चिकित्सकहरुले काम गर्न पाउने अनुमतिकाे लागि लिने साे परीक्षा काेभिड-१९ का कारण ५ महिनापछि लिएकाे थियाे ।  काउन्सिलले पहिलाे पटक उपत्यका बाहिरका ९ र उपत्यकाका ८ ठाउँबाट परीक्षा लिएकाे हाे । उपत्यका बाहिरबाट उत्तर पुस्तिका ल्याएर परीक्षण गर्नुपरेकाले नतिजा प्रकाशनमा ढिला भएको काउन्सिलका  रजिष्टार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

यस पटक काउन्सिलले धरान, विराटनगर, लहान, जनकपुर, वीरगन्ज, , पाेखरा, बुटवल र नेपालगन्जबाट लाईसेन्स परीक्षा लिएकाे थियो । उपत्यकामा नेपाली सेना मेडिकल कलेज, महाराजगञ्ज मेडिकल क्याम्पस, किष्ट, केएमसी, एनएमसी, केडिसी, पिपल्स र बुढानिलकण्ठ स्कुलमा उपकेन्द्र राखेर परीक्षा लिइएको थियाे ।

परिक्षाफल हेर्न यहाँ क्लिक गर्नुहाेस 


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ