२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाबीएनएस, बिएस्सी नर्सिङ, बिपीएच र बीफर्मामा कुन कलेजलाई कति सिट ?

बीएनएस, बिएस्सी नर्सिङ, बिपीएच र बीफर्मामा कुन कलेजलाई कति सिट ?


काठमाडौं–चिकित्सा शिक्षा आयोगले बीएनएस, बिएस्सी नर्सिङ, बी फार्मा, बीएएसलगायतको सिट संख्या निर्धारण गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले शैक्षिक सत्र २०७७/०७८ विभिन्न कलेजले अध्यापन गराउन पाउने सिट संख्या निर्धारण गरेको हो ।

आयोगले बीएनएसतर्फ ११९५ सिट, बिएस्सी नर्सिङतर्फ ११०० सिट, बिपीएचतर्फ १४२० सिट, बीफर्मातर्फ ९०२ सिट बाँडफाँड गरेको छ ।

यस्तै, बीपर्फयुजनमा ५ सिट, बीएएमएसमा ८० सिट, बीएएसएलपीमा ६ सिट, बिएनएस (मिड) ७० सिट, बीअप्टेमेट्रीतर्फ ६७ सिट, बिपीटीतर्फ १५० सिट, बिएस्सी मेडिकल बायोकेमेष्ट्रीतर्फ २० सिट, बिएस्सी मेडिकल माइक्रोबायोलोजीतर्फ २० सिट बाँडेको छ ।

यसैगरी बिएस्सी एमआईटीतर्फ ७१ सिट, बिएस्सी एमएलटीतर्फ ४२५ सिट विभिन्न कलेजहरुको सिट निर्धारण गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ