२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाएमबीबीएसतर्फ १८३५ र बिडिएसतर्फ ५५५ सिट, कुन मेडिकल कलेजलाई कति ?

एमबीबीएसतर्फ १८३५ र बिडिएसतर्फ ५५५ सिट, कुन मेडिकल कलेजलाई कति ?


काठमाडौं–चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बिडिएसलगायतका चिकित्साशास्त्रका शैक्षिक कार्यक्रमको सिट निर्धारण गरेको छ । शुक्रबार बसेको आयोगले बैठकले शैक्षिक सत्र २०७७/०७८ का लागि मेडिकल कलेजहरुको सिट निर्धारण गरेको हो ।

आयोगले बिडिएसतर्फ ५५५ सिट विभिन्न मेडिकल कलेजहरुलाई बाँडफाँड गरिएको छ भने एमबीबीएसतर्फ १८३५ सिट विभिन्न कलेजहरुलाई निर्धारण गरिएको छ ।

पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान जुम्लाले एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ । कर्णालीले एमबीबीएसमा २० सिट अध्यापनको अनुमति पाएको छ ।

यस्तै, स्थापनाको ४४ वर्षपछि पहिलोपटक त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको महाराजगन्ज मेडिकल कलेजले १ सय सिट एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ । अधिकांश मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि १ सय सिट पाएका छन् ।

चिकित्साशास्त्रतर्फकका शैक्षिक कार्यक्रमको सिट निर्धारणको अधिकार नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा शिक्षा आयोगमा गएपछि पहिलो पटक सिट निर्धारण भएको हो ।

कुन मेडिकल कलेजला कति सिट ?

क्र.सं. कलेज नाम बिडिएस एमबीबीएस्
१. विराट मेडिकल कलेज १०० सिट
२. नोबेल मेडिकल कलेज ३० सिट १०० सिट
३. विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ५० सिट १०० सिट
५. जानकी मेडिकल कलेज ५० सिट
६. नेशनल मेडिकल कलेज २५ सिट १०० सिट
७. कलेज अफ मेडिकल साइन्सेज ४० सिट १०० सिट
८. चितवन मेडिकल कलेज ४० सिट १०० सिट
९. नेपाल मेडिकल कलेज ४० सिट १०० सिट
१०. महाराजगन्ज मेडिकल क्याम्पस २५ सिट १०० सिट
११. नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स १०० सिट
१२. पिपुल डेन्टल कलेज ५० सिट
१३. कान्तिपुर डेन्टल कलेज ५० सिट
१४. केयु स्कुल अफ मेडिकल साइन्सेज ५० सिट १०० सिट
१५. किष्ट मेडिकल कलेज ४० सिट १०० सिट
१६. मणिपाल कलेज अफ मेडिकल साइन्सेज १०० सिट
१७. गण्डकी मेडिकल कलेज २५ सिट १०० सिट
१८. नेपालगन्ज मेडिकल कलेज १०० सिट
१९.  लुम्बिनी मेडिकल कलेज १०० सिट
२०. युनिभर्सल मेडिकल कलेज ५० सिट १०० सिट
२१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २० सिट
२२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ६५ सिट
२३. काठमाडाैं मेडिकल कलेज ४० सिट १०० सिट


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ