२०७९ जेठ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाकर्णालीलाई एमबीबीएसमा ३० सिट, देवदहलाई ५० सिट

कर्णालीलाई एमबीबीएसमा ३० सिट, देवदहलाई ५० सिट


काठमाडौं—चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/०७९ का लागि स्नातक तहका शैक्षिक कार्यक्रम अध्यापन गराउनका लागि विभिन्न शैक्षिक संस्थाहरुलाई सिट बाँडफाँड गरेको छ । बिहीबार आयोगले जारी गरेको सूचनाअनुसार एमबीबीएस १ हजार ८ सय ९५ सिट बाँडफाँड गरिएको छ ।

नेपाल सरकारको महत्वकांक्षी योजनाअनुरुप एमबीबीएस गत वर्षबाट एमबीबीएसको अध्यापन सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस शैक्षिक सत्रमा एमबीबीएसमा ३० सिट पाएको छ । गत शैक्षिक सत्रबाट एमबीबीएस अध्ययन गराउन थालेको प्रतिष्ठानले त्यो बेला २० सिट पाएको थियो ।

यसैगरी, रुपन्देहीस्थित देवदह मेडिकल कलेजलाई यस शैक्षिक सत्रमा ५० सिट दिइएको छ । गत शैक्षिक सत्रमा देवदहले एमबीबीएसतर्फ सिट नै पाएको थिएन ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)