२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाचिकित्सा शिक्षा आयोगले तोक्यो नर्सिङ, एमबीबीएसदेखि डिएम/एमसीएचसम्मको शुल्क

चिकित्सा शिक्षा आयोगले तोक्यो नर्सिङ, एमबीबीएसदेखि डिएम/एमसीएचसम्मको शुल्क

डिएम/एमसीएचको २५ लाख ९० हजार, एमडी/एमएसको २३ लाख ८१ हजार ७ सय ६० रुपैयाँ


काठमाडौं-चिकित्सा शिक्षा आयोगको नवौं बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । १७ जेठमा बसेको आयोगको बैठक विभिन्न निर्णयहरु गरेको छ ।
आयोगको बैठकले नर्सिङ, एमबीबीएसदेखि डिएम÷एमसीएचसम्मको चिकित्सा शिक्षा कार्यक्रमको शुल्क निर्धारण गरेको छ ।

काठमाडौं उपत्यका भित्र एमबीबीएसको शुल्क ४१ लख ६८ हजार ९० रुपैयाँ तोकिएको छ भने उपत्यका बाहिर ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ तोकिएको छ ।

यस्तै, बिडिएसतर्फ २० लाख ९२ हजार २ सय ९० रुपैयाँ शुल्क निर्धारण भएको छ भने बिएस्सी नर्सिङतर्फ १० लाख ३६ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

डिएम/एमसीएचको शुल्क २५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने एमडी/एमएसको २३ लाख ८१ ह्जार ७ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

आयोगले ५६ वटा चिकित्सा विज्ञानका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।

हेर्नोस आयोगका निर्णयहरुको पूर्ण सूची

 


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ