२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाएमबीबीएसमा १८९५ र बिडिएसमा ५६० सिट बाँडफाँड, कुन कलेजलाई कति ?

एमबीबीएसमा १८९५ र बिडिएसमा ५६० सिट बाँडफाँड, कुन कलेजलाई कति ?


काठमाडौं—चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि सिटहरु निर्धारण गरेको छ । १४ फागुनको आयोगको बैठकले चिकित्सा शास्त्रको स्नातक तहका लागि वभिन्न शैक्षिक संस्थाहरुलाई सिट निर्धारण गरेको हो ।

जसअनुसार आयोगले एमबीबीएसका लागि १८९५ सिट बाँडफाँड गरेकोे छ । यसैगरी, बिडिएसतर्फ ५६० सिट बाँडफाँड गरेको हो ।

आयोगले बिएनएसतर्फ १३१० सिट, बी मिडवाइफ्रीतर्फ १३० सिट, बी पर्फयुजन टेक्नोलोजीतर्फ ५ सिट र बिएमएमएसतर्फ ८० सिट निर्धारण गरेर बाँडफाँड गरेको छ । यसैगरी, बीएएसएलपीतर्फ ६ सिट, बी अप्थाल्मोलोजीतर्फ ७० सिट, बिपिएचतर्फ ८४० सिट निर्धारण गरेर विभिन्न शैक्षिक संस्थालाई बाँडफाँड गरेको छ ।

आयोगले बी फर्मातर्फ ८१५ सिट, विपीटीतर्फ १४० सिट, बीएसएमआईटीतर्फ ७७ सिट, बीएसएमएलटीतर्फ ३८१ सिट र बिएस्सी नर्सिङतर्फ १३८५ सिट बाँडफाँड गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ