२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षास्नातकका नर्सिङ कार्यक्रमका लागि २८२५ सिट निर्धारण, कुन कलेजलाई कति ?

स्नातकका नर्सिङ कार्यक्रमका लागि २८२५ सिट निर्धारण, कुन कलेजलाई कति ?


काठमाडौं—चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि सिटहरु निर्धारण गरेर बाँडफाँड गरेको छ । १४ फागुनको आयोगको बैठकले चिकित्सा शास्त्रको स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको सिट निर्धारण गरेर बाँडफाँड गरेको हो ।

आयोगले नर्सिङका स्नातक तहका कार्यक्रमका लागि २८२५ सिट निर्धारण गरेर विभिन्न सरकारी तथा निजी कलेजलाई बाँडफाँड गरेको हो ।

जसमा बिएनएसतर्फ १३१० सिट निर्धारण गरेर विभिन्न सरकारी तथा निजी कलेजलाई बाँडफाँड गरेको छ । यसैगरी, बिएस्सी नर्सिङतर्फ १३८५ सिट र बी मिडवाइफ्रीतर्फ १३० सिट निर्धारण गरेर बाँडफाँड गरिएको आयोगले जनाएको छ ।

यस्तै, आयोगले एमबीबीएसका लागि १८९५ सिट बाँडफाँड गरेकोे छ । यसैगरी, बिडिएसतर्फ ५६० सिट बाँडफाँड गरेको हो ।

बी पर्फयुजन टेक्नोलोजीतर्फ ५ सिट र बिएमएमएसतर्फ ८० सिट निर्धारण गरेर बाँडफाँड गरेको छ । यसैगरी, बीएएसएलपीतर्फ ६ सिट, बी अप्थाल्मोलोजीतर्फ ७० सिट, बिपिएचतर्फ ८४० सिट निर्धारण गरेर विभिन्न शैक्षिक संस्थालाई बाँडफाँड गरेको छ ।

आयोगले बी फर्मातर्फ ८१५ सिट, विपीटीतर्फ १४० सिट, बीएसएमआईटीतर्फ ७७ सिट, बीएसएमएलटीतर्फ ३८१ सिट बाँडफाँड गरिएको छ ।

कुन कलेजलाई कति ?


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ