२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाएमबीबीएसमा धेरै मेडिकल कलेजलाई १०० सिट, कर्णालीलाई ३० सिट

एमबीबीएसमा धेरै मेडिकल कलेजलाई १०० सिट, कर्णालीलाई ३० सिट

देवदह र जानकीलाई ५०—५० सिट


काठमाडौं—चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका विभिन्न कार्यक्रमको सिट निर्धारण गरेर बाँडफाँड गरेको छ । १४ फागुनको आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रमको सिट निर्धारण बाँडफाँडको निर्णय गरेको हो ।

जसअनुसार धेरै सरकारी तथा निजी मेडिकल कलेजले पुरानै सिट बाँडफाँड निरन्तरता पाएका छन् । प्रायः सबैजसो मेडिकल कलेजहरुले एमबीबीएसमा १०० सिट नै पाएका छन् । २१ वटा मेडिकल कलेजमध्ये १७ वटा मेडिकल कलेजले १०० सिट पाएका छन् । २ वटा मेडिकलहरु देवदह र जानकी मेडिकल कलेजले ५०—५० सिटमा एमबीबीएस कार्यक्रम संचालन गर्ने अनुमति पाएका छन् ।

यस्तै, नेपाल सरकारकै महत्वकांक्षी प्रोजेक्ट मानिएको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० सिट पाएको छ । यसअघि पनि उक्त प्रतिष्ठानले ३० सिट नै पाएको थियो ।

बिडिएसतर्फ विपी, काठमाडौं मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, युनिभर्सल मेडिकल कलेज र दुई वटा डेन्टल कलेज कान्तिपुर डेन्टल कलेज र पिपुल्स डेन्टल कलेजले ५०—५० सिट पाएका छन् । यस्तै, बिडिएसतर्फ नै चितवन मेडिकल कलेज, कलेफ अफ मेडिकल साइन्सेज, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेजले ४०—४० सिछ हात पारेका छन् ।

बिडिएसमा महाराजगन्ज मेडिकल क्याम्पस र गण्डकी मेडिकल कलेज २५—२५ सिट पाएका छन् भने नेशनल मेडिकल कलेजले २० सिट र नोबेल मेडिकल कलेजले ३० सिट पाएका छन् ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ