२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाचिकित्सा शिक्षा आयोगले छात्रवृत्ति वापत एक वर्षमा बाँड्यो ७२ करोड ९५ लाख

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति वापत एक वर्षमा बाँड्यो ७२ करोड ९५ लाख


काठमाडौं—चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा छात्रवृत्तिका लागि एक वर्षमा ७२ करोड ९५ लाख ९० हजार रुपैयाँ बाडेको छ । आयोगले विभिन्न १८ वटा शिक्षण संस्थालाई एक वर्षमा छात्रवृत्तिका लागि उक्त रकम बाँडेको महालेखामा प्रतिवेदनमा उल्लेख छ ।

चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ मा सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा कम्तिमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि व्यवस्था गर्नुपर्ने र सो वापत नेपाल सरकारले शिक्षण संस्थालाई एकमुष्ट अनुदान प्रदान गर्ने व्यवस्था छ ।

सोही काुननी व्यवस्थाअनुसार आयोगले १८ वटा शिक्षण संस्थालाई गत वर्ष छात्रवृत्ति अनुदान वापतको ७२ करोड ९५ लाख ९० हजार रुपैयाँ भुक्तानी दिएको हो ।

यस्तै, ऐनमा स्नातकोत्तरतर्फ सार्वजनिक शिक्षण संस्थामा मेडिकल वा डेन्टल अध्ययन गर्दा नेपाली विद्यार्थीबाट शिक्षण शुल्क नलिने र निर्वाह भत्ता शिक्षण संस्थाले उपलब्ध गराउने व्यवस्था छ । सो पालना भए—नभएको अनुगमन नभएको पनि महालेखाले औल्याएको छ ।

यस्तै, महालेखाले स्नातकका १६ वटा कार्यक्रमका लागि आयोगले ८ हजार ५६० सिट बाँडफाँड गरेको र एकीकृत प्रवेश परीक्षामा १६ हजार ३७ उत्तीर्ण भएपनि ६ हजार २१ मात्रै भर्ना भएको र स्नातकोत्तरतर्फका ३८ कार्यक्रममा १ हजार ७२४ सिटका लागि प्रवेश परीक्षामा ४ हजार १५४ जना उत्तीर्ण भएकामा १५२ विद्यार्थी मात्रै भर्ना भएको उल्लेख छ ।

महालेखाले सिटभन्दा कम विद्यार्थी भर्ना हुनुको कारण खोज्न समेत सुझाएको छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ