२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षानेपाल मेडिकल कलेज मुख्य लगानीकर्ता भित्र्याउने तयारीमा, मुल्यांकन साढे ५ अर्ब

नेपाल मेडिकल कलेज मुख्य लगानीकर्ता भित्र्याउने तयारीमा, मुल्यांकन साढे ५ अर्ब


काठमाडौं—चिकित्सा शिक्षा क्षेत्र विवादित बनिरहेका बेला जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मुख्य लगानीकर्ता भित्र्याउने विषयमा प्रमुख शेयरधनीहरुबीच छलफल चलिरहेको छ । पछिल्लो समय मेडिकल कलेजहरुलाई निश्चित अवधिपछि राष्ट्रियकरण गर्ने चर्चा चलिरहेका बेला नेपाल मेडिकल कलेजका शेयरधनीहरुबीचको उक्त छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एक शेयरधनीकाअनुसार पछिल्लो समय मेडिकल कलेजहरुमाथि भैरहेको हस्तक्षेपका कारण धेरै शेयर सदस्यहरुले मेडिकल कलेजमा मुख्य नयाँ लगानीकर्ता भित्र्याउन छलफल सुरु गरेको बताए । मुख्य लगानीकर्ता भित्र्याउँदैं गर्दा केही पूराना लगानीकर्ताहरु बाहिरिने सम्भावना पनि बढेर गएको छ ।

छलफलसँगै समानान्तर रुपमा मुख्य लगानीकर्ताका लागि सम्भावित ब्यक्तिहरुसँग पनि सञ्चालकहरुले छलफल अगाडि बढाइरहेका छन् । छलफल भैरहेका मध्ये कोइराला थरका एक व्यवसायीसँगको छलफल भने सकारात्मक दिशातर्फ उन्मुख रहेको ती शेयरधनीको दावी छ । ती व्यक्तिको व्यवसाय भने उनले खुलाउन मानेनन् ।

कलेज निकट अर्को विश्वस्त स्रोतकाअनुसार बिहीबारै सम्झौता भएको भनिएतापनि टुंगोमा भने पुगिसकेको छैन । ‘मुख्य लगानीकर्ताका रुपमा भित्रिने ब्यक्तिसँग मेडिकल कलेज सञ्चालक समितिले मेडिकल कलेजको सम्पत्ति साढे पाँच अर्ब प्रस्तुत गरेको छ,’ त्यो स्रोतले भन्यो, ‘पछिल्ला दिनमा मेडिकल शिक्षामा बढ्दो विकृतिले गर्दा कलेज पुराना संचालकहरु मुख्य लगानीकर्ता भित्र्याएर फरक पेशा रोज्ने मनस्थितीमा पुगेको हुनुपर्छ ।’

कलेज सञ्चालक समितिका अध्यक्ष डा. भोला रिजाल देशबाहिर भएकाले पनि अन्तिम टुंगोमा पुगिनसकेको कलेज स्रोतले बतायो ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ