२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाविद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज संचालक तयार

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज संचालक तयार


काठमाडौं—चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुबाट सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेज संचालकहरु तयार भएका छन् । सोमबार शिक्षा मन्त्रालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी र मेडिकल कलेज संचालकबीच भएको छलफलमा कलेज संचालकहरु बढी लिएको शुल्क फिर्ता गर्न सहमत भएका हुन् ।

छलफलमा सहभागी एक उच्च अधिकारीका अनुसार कलेज संचालकहरुले भोलि (मंगलबार) सरकारलाई बढी लिएको पैसा फिर्ता गर्ने मोडालिटी बुझाउनेछन् । र, सो मोडालिटी सरकार प्रतिनिधी, कलेजका सञ्चालक र आन्दोलनरत विद्यार्थीका प्रतिनिधीहरु बसेर समझदारी कायम गर्ने तयारी छ । समझदारी बनेपछि मोडालिटीअनुसार बढी लिएको शुल्क मेडिकल कलेजहरुले विद्यार्थीलाई फिर्ता गर्नेछन् ।

मेडिकल कलेजहरुले बढी शुल्क असुलेको भन्दैं विद्यार्थीहरु झण्डै दुई महिनादेखि आन्दोलन गरिरहेका छन् । सरकारले मेडिकल कलेजहरुलाई पटक—पटक लिइएको बढी शुल्क फिवर्ता गर्न निर्देशन दिदैं आएको थियो ।

तर, सरकारको निर्देशन मेडिकल कलेजले अटेर गरेपछि दुई साताअघि बढी लिएको शुल्क फिर्ता नगरे ठगी मुद्धा चलाउने १५ दिने सार्वजनिक सूचना निकालेको थियो । सो सूचना निकालेको एक दिनपछि (सोमबार) शिक्षामन्त्रीले कार्वाही प्रक्रिया अगाडि बढाउन सरोकारवालालाई छलफलमा बोलाएका थिए ।

छलफलमा मेडिकल कलेज संचालकहरुले आफूहरु पैसा फिर्ता गर्न तयार रहेको र फिर्ता गर्ने मोडालिटी तयार गर्न एक दिन मागेको हुँदा सो समय उपलब्ध गराइएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ