२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाकाउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण आधारमा नेपालका उत्कृष्ट १० मेडिकल कलेज

काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण आधारमा नेपालका उत्कृष्ट १० मेडिकल कलेज


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण गरेका विद्यार्थीहरुको नियमित लिने लाइन्सेन्स परीक्षामा सरकारी मेडिकल कलेज र प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थी नै बढी उत्तीर्ण भएको पाइएको छ । नेपालका मेडिकल कलेजहरुको तीन वटा लाइसेन्स परीक्षाका सहभागी, उत्तीर्ण र अनुत्तीर्ण विद्यार्थीहरुको तथ्यांक विश्लेषण गर्दा सरकारका मेडिकल कलेजमा अध्ययन गरेका चिकित्सक बढी पास भएको पाइएको हो ।

हेल्थ आवाजले प्राप्त गरेकोे उक्त नतिजामा नेपालका मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेर २०१८ को अगष्ट, डिसेम्बर र २०१९ को अप्रिलमा भएको लाइसेन्स परीक्षामा सहभागी १ हजार ३ सय ५१ मध्ये ७ सय २० जनाले मात्र पास गरेका छन् । जुन कुल सहभागीको ५३ प्रतिशत हुन आउँछ ।

परीक्षामा सहभागीमध्ये त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को महाराजगञ्ज मेडिकल क्याम्पसबाट एमबीबीएस उत्तीर्ण गरी परीक्षामा सहभागी भएका ९४.४ प्रतिशत पास भएका छन् । त्यसैगरी, दोस्रोमा नेपाल आर्मीको मेडिकल कलेजबाट उत्तीर्ण एमबीबीएस विद्यर्थी रहेका छन् ।

त्यहाँबाट सहभागीमध्ये ९३.८ प्रतिशतले लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन् । त्यसैगरी, तेस्रोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौथोमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ ।

एमबीबीएस पास भएर लाइसेन्स परीक्षामा सहभागी भएकामध्ये सबैभन्दा कमजोर विद्यार्थी जानकी मेडिकल कलेजमा बाट पास भएका देखिएका छन् । तीन वटा परीक्षामा सहभागी ८७ विद्यार्थीमध्ये १५ जना मात्र लाइसेन्स परीक्षामा उत्तीर्ण भएका छन् । जुन जम्मा सहभागीको १७ प्रतिशत मात्र हुन आउँछ ।

त्यसैगरी, लाइसेन्स परीक्षामा सहभागीमध्ये कम उत्तीर्ण हुनेमा कलेज अफ मेडिकल साइन्सेज २२ प्रतिशत, नोवेलबाट २६ प्रतिशत, नेसनल मेडिकल कलेजबाट उत्तीर्ण २९ प्रतिशत रहेका छन् ।

 


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ