२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाकर्णाली र पोखरालाई एमडी पढाउन सिट सिफारिस

कर्णाली र पोखरालाई एमडी पढाउन सिट सिफारिस


काठमाडौं— कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रतर्फको स्नातकोत्तर अध्यापन गराउने स्वीकृती पाएका छन् ।
बिहीबार बसेको नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले कर्णाली र पोखरालाई स्नातकोत्तर अध्यापनको स्वीकृती संगै सिट संख्या समेत तोकिदिएको छ ।

काउन्सिलको पूर्ण बैठकले कर्णालीले एमडीजीपीतर्फ ३ सिट अध्यापन गराउन अनुमति दिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भने इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, स्त्री तथा प्रसुतीमा ४, पेडियाट्रीक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट पढाउन सिफारिस गरेको छ ।

सो निर्णयलाई काउन्सिलले नीतिगत स्विकृतीको लागि चिकित्सा शिक्षा आयोगमा पठाउने भएको छ।

तर, चिकित्सा शिक्षा आयोग भने गठन नभैसकेको अवस्थामा ती प्रतिष्ठानमा स्नातकोत्तर पठनपाठन हुन्छ कि हुँदैन भन्ने अन्योल भने यथावतै छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ