२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशीलाई बढी सिटमा भर्ना लिने निर्णय सच्चाउन ७२ घण्टे अल्टिमेटम

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशीलाई बढी सिटमा भर्ना लिने निर्णय सच्चाउन ७२ घण्टे अल्टिमेटम


काठमाडौं–धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालीभन्दा बढी विदेशी विद्यार्थीलाई चिकित्साशास्त्रतर्फको स्नातकोत्तर कार्यक्रम (एमडी)मा भर्ना लिने तयारी गरेको भेटिएको छ । ७ असारमा विपीले एमडीमा नयाँ भर्नाका लागि सूचना प्रकाशित गरेको थियो । जसमा नेपालीभन्दा बढी सिट विदेशी विद्यार्थीका लागि छुट्याइएको छ ।

चिकित्सा शिक्षा ऐनअनुसार एक तिहाइमात्रै विदेशी विद्यार्थी भर्ना लिन पाउने प्रावधान छ । साथै, प्रतिष्ठानको नियमावलीमा (दफा ५, क) समेत नेपाली चिकित्सा जगतलाई योगदान पु¥याउने, दक्ष जनशक्ति तयार पार्ने अठोट गरिएको छ । दुवै प्रावधानलाई लत्याउँदैं प्रतिष्ठानका पदाधिकारीले आर्थिक प्रलोभनमा परेर विदेशी विद्यार्थीलाई प्राथमिकतामा राखेर भर्ना लिने निर्णय भएको भन्दैं सरोकारवालाहरुले विरोध जनाएका छन् ।

उक्त सूचनाप्रति आपत्ति जनाउँदैं विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर वेलफेयर सोसाइटीले आफ्नो गम्भीर ध्यानाकर्षक भएको जनाएको छ । आइतबार प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण पत्र लेख्दैं सोसाइटीले प्रतिष्ठानमा भैरहेका पछिल्ला गतिविधीप्रति आपत्ति समेत जनाएको छ ।

‘विगतमा जुनियर वेलफेयर सोसाइटीसँग सिट निर्धारण सम्बन्धी भएको सहमतिका साथसाथै चिकित्सा शिक्षा ऐनमा समेत उल्लेख भएको विद्यमान प्रावधानलाई लत्याउँदैं क्लिनिकल विषय (मेडिसिन, सर्जरी, पेडियाटिक, एनेस्थेसिया) मा गरिएको असमान सिट निर्धारणप्रति हाम्रो घोर आपत्ति छ,’ सोसाइटीले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेपाली भूमीमा नेपाल सरकारको अनुदान प्राप्त गरी चल्दैं आएको यस प्रतिष्ठानले नेपाली विद्यार्थीलाई प्राथमिकतामा नराखी अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको ग्राहयता विल्कुलै गलत छ ।’

सोसाइटीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावलीमा (दफा ५, क) समेत नेपाली चिकित्सा जगतलाई योगदान पु¥याउने, दक्ष जनशक्ति तयार पार्ने अठोट रहेकोमा यस सिट निर्धारणले त्यसको समेत खिल्ली उडाएको जनाएको छ । साथै स्वास्थ्यजस्तो संवेदनशील विषयमा गरिएको यस्तो विभेदकारी कदमले प्रतिष्ठानका पदाधिकारीको डलर खेती गर्ने मनसाय स्पष्ट रुपमा झल्किएको जनाइएको छ ।

साथै उक्त गलत निर्णय ७२ घण्टाभित्र नसच्याइए आवासीय चिकित्सक र सम्पूर्ण विद्यार्थीहरु आन्दोलनमा जान बाध्य हुने पनि ध्यानाकर्षणपत्रमा चेतावनी दिइएको छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ