२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘कोभिड–१९’ सँग लडिरहेको बेलायतबाट आईसीयुमा कार्यरत नेपाली नर्सको अनुभव

‘कोभिड–१९’ सँग लडिरहेको बेलायतबाट आईसीयुमा कार्यरत नेपाली नर्सको अनुभव


म लन्डनमा बस्छु । लन्डनको एउटा हस्पिटलमा इन्टेनसीप केयर युनिट (आईसीयु)मा काम गर्छु । अर्को मेरो काम भनेको जति पनि वार्डमा बिरामी राखिन्छन्, ती बिरामीहरुको स्वास्थ्य अवस्थामा क्वीक डिक्लाइन भयो भने उनीहरुलाई हेरेर, एसीस गरेर चेक गरी म, तथा मेरो मेडिकल इर्मेजेन्सी तथा क्रिटिकल केयरको टिम छ, आउट रिच टिम भनेर हामी उनीहरुको अवस्था हेरेर इन्टेन्सीप केयरमा सार्छौ ।

अहिले पनि म काममै छु । तर, ब्रेकमा एउटा सानो भिडियो बनाउन मन लाग्यो । आज मैले यो भिडियो किन बनाउन चाहेको भने हजुरहरुलाई थाहा नै छ, कोरोना भाइरसको संक्रमण भैरहेको छ । यसको केसहरु प्रत्येक दिन बढिरहेका छन् । हस्पिटलमा गएको दुई हप्तामा मात्रै आईसीयुमा बिरामीहरु पूरै फुल भैसक्यो । अत्याधिक मात्रामा आएको बिरामीको कारणले गर्दा हामीले नर्मल ३ वटा वार्डलाई पनि कोभिड वार्डमा नै परिणत गरेका छौं । बिरामी धेरै आएका कारणले हामीलाई यस्तो गर्नु परेको हो ।

कोरोनाबाट हुने मृत्युदर पनि बढिरहेको छ । अहिले युरोपमा सबभन्दा बढी संक्रमण भएको देश इटली हो । इटलीमा कोरोनाबाट हुने मृत्युदर ९ दशमलव ५ प्रतिशत छ भने युकेमा भने ५ प्रतिशत पुगिसक्यो । यसको संक्रमणको क्रम अझ बढ्दो छ । त्यसमध्ये मैले एउटा महत्वपूर्ण कुरा के देखे भने, तपाईहरुलाई गाइडलाइन छ । यसका लक्षणहरु के –के हुन् ? कोरोना हुँदा के–के गर्ने ? आइसोलेसनमा कहिलेदेखि बस्ने ? के भयो भने हस्पिटल जाने ? भन्ने कुरा विभिन्न अनलाइन मिडियामार्फत बेलायतमा बस्नुहुन्छ भने पब्लिक हेल्थ इंग्ल्याण्डको वेवसाइट र बीबीसीको वेवसाइटमा पनि भेटनुहुन्छ । त्यसैगरी, वल्र्ड हेल्थ अर्गनाइजेसनको वेवसाइटमा पनि हेर्न सकिन्छ । उहाँहरुको आफ्नै युट्युब च्यानलहरु छन्, त्यसमा पनि प्रशस्त मात्रामा डेली अपडेटहरु पाउनुहुन्छ ।

यो त छदै त तर, यसबाहेक बाहिर के भइराखेको छ भने जति पनि आइसोलेसन घरमा बसिरहनु भएको डाक्टर, नर्स र सामान्य व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुमा एकदमै डर, त्रास, इन्जाइटी, एकदमै लो फिल गर्ने, ल अब म यो भाइरस लागेपछि मरिहाल्छु भन्नेसम्मको डर त्रास हुने पनि भइसकेको छ । हस्पिटलमा जति पनि बिरामीहरु आएका छन्, यो पछिल्लो दुई हप्तामा मेरो अनुभव के रह्यो भने वार्डमा राखेको बिरामीमा के देखे भने उनीहरुलाई बोलाउँदा पनि एक आतंकित (प्यानिकिङ), चिन्तित (एन्जाइजी/एन्सियस) र डिप्रेस भएको बिरामीहरु मैले देखे । एकदमै साधारण बिरामी हुँदा त हामी लो फिल गर्छाै भने अहिले त झन् यस्तो डरलाग्दो भाइरस संक्रमण देखिराखेको कारण वास्तवमै यसले आक्रमण गर्दाखेरि आतंकित र त्रासमा हुनु जायज कुरा हो । तर, कहिलेकाहीं के हुन्छ भने तपाई पोजेटिभ माइन्ड सेट लिएर, होइन म जित्न सक्छु, यो के हो र ? म बलियो छु भन्ने माइन्डसेटले एकदमै हेल्प गर्छ । यो मेरो यत्रो वर्ष अस्पतालमा काम गरेको अनुभव पनि हो ।

यसरी अस्पतालमा आएका भयभित बिरामीसँग हामीले ५/१० मिनेट बोल्दाखेरि मात्रै पनि त्यो चेन्ज हामीले भेटाउँछौं । उहाँहरुलाई हामीले पोजेटिभ भाइब्स (सकारात्मक सन्देश) दिन हामी सफल हुन्छौं । त्यसैले यदि तपाईहरु आइसोलेसनमा बस्नुभएको छ भने तपाईंहरुलाई पनि यस्तै एन्जाइटीहरु हुन्छ सक्छ । ल मलाई अझ बढी हुने हो कि, सिकिस्त हुने हो कि हस्पिटल जाने हो कि, म मर्ने पो हो कि भन्ने त्यो डर, त्रास हुनसक्छ । हेल्थ केयर प्रोफेसनल भएका नर्सहरु पनि कति आइसोलेसनमा बस्नुभएको छ, हस्पिटल, नर्सिङ होम र कम्युनिटिका नर्सहरु तथा आम व्यक्तिहरु धेरै जनासँग मेरो कन्ट्याक्ट भएको छ । आइसोलेसनमा बस्नुभएको छ । प्लीज डन्ट प्यानिक ।

कहिलेकाहीं सामान्य लक्षण देखा पर्छ । तपाई राम्ररी आइसोलेसनहरु अपनाउनुभयो भने कहिलेकाही त्यो सामान्य फ्लूजस्तै कम भएर जाने हुन्छ । मेरो यहाँको एक जना दिदीलाई पनि लागेको थियो, उहाँ अहिले निको भइसक्नुभयो । यस्तै अरु कति जना निको भएर काममा पनि जान थालिसक्नुभयो । त्यही भएर प्यानिक नहुनुहोस् ।

संक्रमित भएको खण्डमा तपाईंले प्यारासिटामोलको प्रयोग गर्नुपर्छ । वयस्कको निम्ति दुई वटा प्यारासिटामोल दिनको ४ पटकसम्म ६/६ घण्टाको फरकमा लिन सक्नुहुन्छ । प्रशस्त मात्रामा पानी पिउनुहोस् । बु्रफिन लिदैं नलिनुहोस्, यो इम्युनो सम्प्रेसन ड्रग हो, यसले तपाईमा भएको रोगसँग लड्न सक्ने जुन इम्युनिटी पावरलाई कम गराइदिन्छ । त्यसैले बु्रफिन लिन मिल्दैन । पौष्टिक आहाराको खानुहोस् । हाम्रो नेपाली समाजमा घरेलु औषधिको रुपमा दिनहुँ प्रयोग हुने बेसार, अदुवा–पानी, मह राखेर कागती–पानी लिनुहोस् । सकेसम्म घरमा सकारात्मक वातावरणको सिर्जना गर्नुहोस् । एक अर्कासँग हाँसखेल गर्ने, ठट्टा गर्ने, टिभी हेर्ने, क्यारम बोर्ड खेल्ने र आफूलाई मन लागेका रमाइला कामहरु गर्नुहोस्, गार्डेनमा जान हुन्छ, मास्कको लगाएर गार्डेनमा निस्कनुहोस् ।

विशेषगरी वृद्धहरु हुनुहुन्छ भने उहाँहरु अलिकति जोखिम उमेर समूहमा पर्नुहुन्छ । त्यसैले उहाँहरुलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । कोही व्यक्ति वृद्ध भएकै घरमा आइसोलेसनमा बस्नुभएको छ भने उहाँहरुबाट वृद्धवृद्धालाई अलि टाढै राख्नुपर्छ । एउटै ट्वाइलेट प्रयोग गरिराख्नु भएको छ भने त्यसलाई साबुन पानीले एकदमै राम्ररी सफा गरेर मात्रै अर्काे व्यक्तिले प्रयोग गर्ने गरौं । ट्वाइलेटमा भएका टिस्यु, जग, मग, तावेलजस्ता सामाग्रीहरु प्रत्येकले एकअर्काको प्रयोग नगरौं । यसले पनि रोग सर्नमा धेरै मद्दत गर्छ । र, अर्काे कुरा चाहिँ हेल्थ केयर प्रोफेसनका नर्स तथा डाक्टरहरु जति आइसोलेसनमा बसिरहनु भएको छ, उहाँहरुलाई पनि म आतंकित नहुन आग्रह गर्छु । हामी यसै फिल्डमा भएपनि रोगले आक्रमण गर्छ र हामीलाई पनि डर लाग्छ । त्यसैले कृपया तपाईंहरु पनि आतंकित नभइदिनुस् । हामी हेल्थकेयर प्रोफेसनलहरु फरक–फरक किसिमका रोगसँग एक्पोज भएका हुन्छौं, हाम्रो प्रतिरोधात्मक क्षमता अलि बलियो नै हुन्छ । किप द्याट पोजेटिभ स्प्रीट अप ।

अर्काे कुरा अस्पतालमा जति पनि बिरामीहरु राखेका छन्, उहाँहरुको भिजिटरलाई म के भन्न चाहन्छु भने तपाईंहरुलाई अहिले हस्पिटलमा आउन दिइएको छैन । कडाइका साथ हामीले नो भिजिटर भनेर पोलिसी लागु गरेका छौं । त्यो पनि संक्रमण आवत–जावत नहोस् भनेर हो । पार्ट अफ इन्फेक्सन कन्ट्रोल हो । तर, तपाईंले जतिबेला मन लाग्छ, कल गर्न सक्नुहुन्छ । तपाईंहरुको बिरामीबारे हामी अपडेट गरिदिन्छौ । आईसीयुमा राखेका छौं भने पनि हामीले अपडेट गर्छौ । बिरामीको अवस्थामा केही परिवर्तन आयो भने हामी आफै तपाईहरुलाई सम्पर्क गर्छाै । त्यही भएर नआत्तिनुहोस् । जति पनि अस्पतालमा बिरामीहरु आउनु भएको छ, उहाँहरु सुरक्षित हुनुहुन्छ । वीआर गिभिङ आवर बेस्ट । हाम्रो काम नै त्यही हो, रातदिन हाम्रो ज्यान दिएर हामी बिरामी बचाउन लाग्छौंै । तपाईंहरुले पनि आफ्नो ठाउँबाट हामीलाई सक्दो सहयोग गर्नुहोस् ।

यसका साथसाथै मलाई के भन्न मन लाग्यो भने, जति पनि नर्स, डाक्टर, हेल्थ केयर प्रोफेसनल हुनुहुन्छ । हामीलाई पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट भनिने सुरक्षाका सामाग्रीहरु मास्क, भाइजर, गगल्स (चश्मा), केयर क्यापहरु, फुल लेन्थ गाउनहरु हस्पिटलमा सुरुमा थियो, तर केसहरु धेरै आउँदाखेरि दुई वटा ग्लोब, दुई वटा गाउनलगायतका कुराहरु परिवर्तन भए, अभावका कारण पनि हुन सक्छ । हामी त्यसका लागि आवाज पनि उठाएका छौं, व्यक्तिगत रुपमा र सामूहिक रुपमा पनि आवाज उठाउदैं आएका छौ, पिटिसनहरु साइन गरिराखेका छौं । हाल यो कुरा बेलायत सरकारसम्म पनि पुगिसकेको छ । हिजोको समाचारमा अब यो छिटोभन्दा छिटो उपलब्ध गराउने भन्ने कुरा पनि आएका छन् ।

तसर्थ म के भन्न चाहन्छु भने हालै हाम्रो एक दुई जना नर्सहरुलाई पहिले एक्स्पोज भएर अहिले पोजेटिभ भएर घरमा बसिरहनुभएको छ । सकेसम्म आफ्नो हेल्थलाई रिस्कमा नराख्नुहोस् । आवश्यक पीपीईको प्रयोगबिना नै तपाई संक्रमित बिरामीको अघि नजानुस् । र, शंकास्पद गरिएका केसहरुको अघि जाँदा पनि तपाईं अनिवार्य रुपमा उच्चस्तरको पीपीईको प्रयोग गर्नुहोस् । जसमा फूल लेन्थ गाउन, मास्क र सकिन्छ भने आई प्रोटेक्शन गर्ने चश्माको पनि प्रयोग गर्नुहोस् । त्यत्ति चाहिँ तपाई बिरामीको अघि जाँदा अनिवार्य रुपमा प्रयोग गर्नुहोस् । छैन् भने आफ्नो स्वास्थ्यको जोखिम नलिनुस्, नभएको अवस्थामा आफ्नो म्यानेजरसँग पनि कुरा गर्नुहोस् । हामीलाई नै केही भयो भने हाम्रो केयर गर्ने कोही हुँदैनन् । त्यसैले हामीले आफ्नो केयर आफै गर्नुपर्छ । जोखिम नलिऔ । कसैलाई एक्स्पोज भएर लक्षण आएको छैन् भने अहिलेसम्म हामी पनि धेरै एक्स्पोज भइसकेका छौं, हामी काम गरिराखेका छौं ।

कहिलेकाही के हुन्छ भने हामी हेल्थकेयर प्रोफेसनलहरुको इम्युनिटी पावर अन्य सामान्य मानिसको तुलनामा यो फिल्डमा एक्स्पोजमा भएको मान्छेको अलिकति बढी हुन्छ । कहिलेकाही हामीले एक्सेप्ट गरेर पचाउन पनि सक्छौं । आफै इम्युनिटी डेभलप भएको पनि हुन सक्छ । कतिलाई देखिन सक्छ, कतिलाई नदेखिन सक्छ । एक्स्पोज भएकामध्ये कति नर्सलाई देखिएको छ, मसँग व्यक्तिगत कुराकानी पनि भएको छ । तैपनि, नआत्तिनुहोस् । जतिजना एक्स्पोज हुनुभएको छ, र जतिजना काममा गैरहनुभएको छ । प्रत्येकले आफ्नो हेल्थको केयर गर्नुहोस् । पीपीईको उचित प्रयोग गर्नुहोस् ।

(बेलायतको एक अस्पतालमा आईसीयुमा कार्यरत नेपाली नर्स प्रसुना कँडेलको यो अनुभव उनले रेकर्ड गरेर आफ्नो फेसबुकमा राखेको भिडियोबाट लिइएको हो । यो अनुभव नेपालमा पनि सान्दर्भिक हुने हाम्रो अपेक्षा छ ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ