२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘कोभिड–१९’ बारे सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेका १५ सुझाव

‘कोभिड–१९’ बारे सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेका १५ सुझाव


काठमाडौं–सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डे पेशाले अर्थोपेडिक सर्जन हुन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत उनले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि १५ बुँदामा सरकारलाई सुझाव दिएका छन् ।

डा. पाण्डेले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि कसरी नीतिगत र व्यवहारिक पहलकदमी लिने भन्ने कुरा आफ्नो १५ बुँदे सुझावमा उल्लेख गरेका छन् । उनले दिएका १५ वटा सुझाव यसप्रकार छन् ।

१. लक डाउन खुकुलो पार्ने होइन् । सयौंको मृत्युपछि बल्ल संकटकाल लगाउनु साटो अहिले नै संकटकाल घोषणा गरी तुरुन्त सडकमा आर्मी खटाउ ।

२.  कोरोना टेस्ट गर्ने प्रविधी तुरुन्त देशैभरि पुर्याउ ।

३.  विदेशबाट सेल्फ क्वारेन्टाइनमा बस्छु भनेर फारम भर्ने ५० हजार जनता र कोरोना पोजिटिभका सम्पर्कमा आएकाहरु सबैलाई ट्रेस गर्न इपिडिमियोलोजिष्ट, पब्लिक हेल्थ अफिर आदिको धेरैभन्दा धेरै टोली तुरुन्त स्थानीय स्तरमा खटाउ ।

४.  लक डाउनको अवधिलाई चिकित्सक र नर्सहरुलाई कोरोना उपचार पद्दतीबारे द्रुत तालिम दिएर सदुपयोग गरौं ।

५.  विश्वभरी र नेपालमा फैलिएको रोगबारे अध्ययन अनुसन्धान गर्न स्वास्थ्य वैज्ञानिकहरुको टिम बनाउ ।

६.  उपचारमा खटिने स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसारको सुरक्षा सामाग्री (पीपीई) तुरुन्त बन्दोबस्त गर ।

७.  कोरोना विरुद्ध लड्न करारमा भर्ना लिनुको साटो सबै स्वास्थ्यकर्मीलाई स्वतस्फूर्त रुपमा स्वंमसेवाको लागि आह्वान गर ।

८. स्वास्थ्यकर्मीहरुलाई दुई समूहमा बाडेर चक्रिय ड्युटीमा राख । एउटा समूहले १४ दिन काम गरेपछि क्वारेन्टाइनमा बस्छ अनि अर्को समूहले रिप्लेस गर्छ ।

९.  कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थाको क्यार्टरमा वा नजिकैको होटेलमा राख्ने व्यवस्था गर ।

१०. कोरोना संक्रमितको लागि छुट्ट्याइएका आईसीयुमध्ये संक्रमित हुन सक्ने स्वास्थ्यकर्मीका लागि भनेर केही आईसीयु छुट्टयाउ ।

११.  आर्मी भेटेरान अस्पताल, वीर अस्पतालको जाइका भवन, महेन्द्रनारायण निधि अस्पताल, जनमैत्री अस्पतालजस्ता भौतिक पूर्वाधार भएका तर संचालनमा नआएका अस्पतालहरुलाई कोरोना आइसोलेसन तथा आईसीयु अस्पताल बनाउ ।

१२.  ०७२ को भुइचालोमा सफल प्रयोग गरिएको फिल्ड हस्पिटलको कन्सेप्टअनुसार तयारी गर ।

१३.  १०० बेडभन्दा माथिका सबै प्राइभेट अस्पताललाई कोरोनाका बिरामी उपचार गर्न स्ट्यान्डबाई राख । अटेरी गर्ने अस्पताललाई स्पेनमाझैं सरकारीकरण गरिदेउ ।

१४. स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव आफै स्वास्थ्य विषय नबुझ्ने व्यक्ति भएका हुँदा र स्वास्थ्य मन्त्रालयमा हुनुभएका चिकित्सकहरु पनि सबै विषयमा आफू नै विज्ञ हुनुपरेको तीतो अवस्थामा विषयगत विज्ञहरुलाई समेटेर एउटा शक्तिशाली चलायमान समिति बनाउ र त्यही समितिको कार्ययोजना हुबहु पालन गर ।

१५. अन्त्यमा, दैनिक उपभोग्य सामाग्रीको वितरण र फोहोर व्यवस्थापनको लागि स्थानीय सरकारलाई तुरुन्त अनुरोध गर ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ