२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘मुटु रोग र कोभिड–१९ का बिरामी राख्ने वार्डहरुको दूरी कायम राखेर उपचारको व्यवस्था गर्छौ’

‘मुटु रोग र कोभिड–१९ का बिरामी राख्ने वार्डहरुको दूरी कायम राखेर उपचारको व्यवस्था गर्छौ’


गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र विशेष गरी मुटु रोग उपचारका लागि प्रसिद्ध अस्पताल हो । सरकारले अहिले सो अस्पताललाई विशिष्टीकृत सेवा दिने अस्पताल भनेर कोभिड–१९ को उपचार गर्ने अस्पतालमा राखेको छैन । अति आकस्मिक सेवा प्रदान गर्ने अस्पतालअन्तर्गत पर्ने सो केन्द्रले अहिलेको विषम परिस्थितीमा कसरी काम गरिरहेको छ भन्ने विषयमा हेल्थ आवाजले अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीसँग गरेको कुराकानीः

अहिलेको विषम परिस्थितमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले कसरी सेवा प्रवाह गरिरहेको छ?
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्दको आकस्मिक सेवा २४ सै घण्टा सञ्चालनमा रहेको छ । आकस्मिक सेवाअन्तर्गत जतिपनि सेवाहरु छन्, ती सम्पूर्ण सेवा सञ्चालनमा रहेको छ । हामीले आकस्मिक सेवा, आकस्मिक रुपमा गर्नुपर्ने शलयक्रिया गरीरहेका छौं । तर, हाललाई ओपिडी सेवा भने बन्द रहेको छ ।

आकास्मिक सेवा संचालनमा पहिले र अहिलेको अवस्था कति फरक छ कस्तो छ?
यो लकडाउन सुरु हुनु अगाडि आकस्मिक सेवाका लागि आउने बिरामीको संख्या लगभग ६० देखि ७० जना सम्म थियो । लकडाउनको सुरुवाती दिनमा घटेर २०÷२५ मात्रै थियो । तर, अहिले भने दिनमा ५० जनाजति बिरामी आकस्मिक सेवाका लागि आइरहेका छन् । आकस्मिक सेवाअन्तर्गत जतिपनि सेवाहरु छन्, ती सम्पूर्ण सेवा सञ्चालनमा रहेको छन् ।

सेवा संचालनमा स्वास्थ्यकर्मी ल्याउने लाने व्यवस्था कसरी भएको छ?
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रअन्र्तगतका सम्पूर्ण स्वास्थ्यकर्मी आउने जानेको सवालमा नेपाल सरकारले स्वास्थ्यकर्मीको निम्ति आफ्नो कार्ड देखाएर सजिलै आवत जावत गर्न सकिने व्यवस्था गरी दिएको छ । जसकारण हामीलाई सजिलो भएको छ । हामीले हाम्रो ड्युटीलाई पनि मिलाएका छौं । जस्तो ३ सिफ्ट ड्युटी गर्ने हामीले अहिले २ सिफ्ट ड्युटीमा मिलाएका छौं । हामीले बिहान र बेलुका चक्रपथ आधार मानेर गाडी घुमाउने व्यवस्था गरेका छौं ।

यो अस्पताल कोभिड–१९ को उपचारका लागि डेडिकेडेट अस्पताल होइन । यदि कुनै कोभिड–१९ संक्रमित राख्नुपर्ने अवस्था आयो भने कसरी मिलाउने योजना बनाउनुभएको छ?
नेपाल सरकारले हामीलाई कोभिड–१९ को बिरामीको उपचार गर्नुपर्छ भनी जिम्मा दिएको छैन । यो अस्पताल एक विशिष्ट अस्पतालमध्येको एक हो । कारणवश मुटुका बिरामीलाई कोभिड–१९ संक्रमित भइहाल्यो भने मृत्युदर अरुको भन्दा केही बढी छ । त्यसैले हामी अति सावधानीपूर्वक तयारी गरेका छौ । हामीले ४÷५ बेडको आइसोलेसनको व्यवस्था गरेका छौं । शंकास्पद बिरामी आएको अवस्थामा हामी उहाँहरु लाई त्यहाँ राख्छौ । भोलि भयावह स्थिति सिर्जना भयो हामीले कोभिड–१९ का बिरामी उपचार गर्नुपर्ने अवस्था आइहाले बेडहरु तयारी अवस्थामा राखेका छांै । मुटुरोगका बिरामी र कोभिड–१९ को बिरामीहरुलाई राख्ने वार्डहरुको दूरी कायम राखेर उपचारको व्यवस्था गरेका छौं । कोभिड–१९ का बिरामीबाट मुटुरोगका बिरामीमा रोग नसरोस भनेर सावधानी अपनाउँछौं ।

नियमित फ्लोअप गर्नुपर्ने तर यो विशेष परिस्थितीमा घरमा बसेको बिरामीलाई के भन्न चाहनुहुन्छ?
नियमित फ्लोअपमा बसेका बिरामीहरु नियमित रुपमा औषधि सेवन गर्ने, अहिलेको परिवेशमा अस्पताल नआउने । कथम्कदाचित केही समस्या देखाप¥यो भने हामीले (९८५१२३०६८२) को एउटा नम्बर दिएका छौं । यो अस्पतालमा ड्युटीमा रहनु भएको डाक्टरको नम्बर हो । यो नम्बरमा फोन गरेर आफ्नो समस्याको सम्बन्धमा उचित सल्लाह लिनसक्नुहुन्छ । पहिलेको भन्दा गाह्रो भयो, पीडा भयो र सहन नसक्ने अवस्था देखाप¥यो भने त्यस्तो अवस्थामा सर्वप्रथम नजिकैको अस्पतालमा गएर सेवा लिन सकिन्छ । मुटुका विरामीका लागि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको आकस्मिक सेवा २४ सैं घन्टा उपलब्ध छ ।

मुटुकै बिरामी कोभिड–१९ को संक्रमण भएर उपचार गर्नुपरे कस्तो तयारी छ?
यसमा धेरै कन्फ्युजन हुनुपर्ने अवस्था नै छैन । यदि मुटुका बिरामीलाई कोभिड–१९ लाग्यो भने उनीहरुलाई पहिलो उपचार गर्ने भनेको कोभिड–१९ कै उपचार गर्ने हो । एक अस्पतालाट अर्काे मा बिरामी सार्दा रोग सर्ने सक्ने सम्भावना हुने हुदा कोभिड–१९ बिरामीहरुको उपचार कोभिड–१९ स्पेसिफिक अस्पतालमा गर्ने हो । कोभिड–१९ बिरामीलाई मुटुकोे समस्या भएमा र इमर्जेन्सी सेवा लिनु परेको खण्डमा त्यो व्यवस्था हामी गर्न सक्छौ । त्यसका लागि तयार छौ । तर, अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमित बिरामीलाई मुटुकोे समस्या भएमा र आकस्मिक सेवा आवश्यक परेको छैन ।
त्यो भन्दा पनि भोलि भयावह स्थिति आएमा र अन्य अस्पतालहरुले मात्र कोभिड–१९ बिरामीलाई ह्यान्डिल गर्न नसकेको अवस्थामा भने गंगाललालाई तयारी अवस्थामा राख्नुपर्छ भन्ने कुरा हो । भोलि भयावह स्थिति नआओस् भनेर सचेत हुनुपर्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ