२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘नेबिको उपभोक्ताको स्वास्थ्यप्रति सदैव सचेत छ’

‘नेबिको उपभोक्ताको स्वास्थ्यप्रति सदैव सचेत छ’


नेपालको पुरानो बिस्कुट उत्पादक कम्पनी हो– नेबिको । २०२१ सालबाट सुरु भएको नेबिकोका उत्पादनहरु अहिले पनि मार्केट लिडरका रुपमा छन् । नेबिकोले हाल २५ प्रकारका बिस्कुट, ६ प्रकारका कुकिज लगायतका थुप्रै उत्पादन गर्दै आएको छ । स्वास्थ्यका दृष्टिकोणले नेबिकोका उत्पादनहरु कति उपयोगी छन् ? बिस्कुटको राजाको रुपमा रहेको नेबिकोले ५६ वर्षसम्मको यात्रा पुरा गरिरहँदा गुणस्तरलाई कायम राख्न के–के ग¥यो ? साथै यसका उत्पादनले बजारमा पारेको प्रभाव र भावी योजनाका विषयमा केन्द्रीत रहेर हेल्थ आवाजले नेबिको प्रा.लिका ब्राण्ड म्यानेजर अरुण पौडेलसँग गरिएको कुराकानीः

५६ वर्षसम्म नेबिकोलाई आम मानिसले रुचाउनुको कारण के हो ?

पहिलो कुरा त यसको गुणस्तर नै हो । दोस्रो कुरा भनेको यसको मूल्य पनि हो । हामीले अहिले सुलभ मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छौं । त्यसैले नै हाम्रो उत्पादन आम उपभोक्ताले रुचाउनुभयो जस्तो लाग्छ ।

गुणस्तरलाई कायम गर्न के–के गर्नुहुन्छ ?

नेबिकोको पर्यायवाची भनेकै गुणस्तर हो । यो हामीलाई बजारबाट आएको प्रतिक्रिया हो । हाम्रो पहिलो प्राथमिकता नै गुणस्तर सुधारमै केन्द्रित रहन्छ । हामी हरेकदिन गुणस्तरलाई कसरी बढाउँदै लैजाने भन्ने विषयमा छलफल गर्छौं । गुणस्तर भनेको यस्तो कुरा हो जसलाई जति बढाउँदा पनि कुनै हानी हुँदैन । त्यसैले हामी यसैमा केन्द्रीत हुन्छौं ।

नेबिकोका उत्पादनहरु के–के हुन् ?

हामीले बिस्कुटदेखि ललिपपसम्म उत्पादन गरिरहेका छौं । हामीसँग अहिले २५ प्रकारका बिस्कुट, ६ प्रकारका कुकिजहरु छन् । यस्तै, ६ प्रकारका क्यान्डिज र ४ प्रकारका ललीपप हामीले उत्पादन गर्दै आएका छौं ।

यी मध्ये राम्रो बजार पाएको उत्पादन कुन हो ?

बिस्कुटमा आजका दिनसम्म कोकोनट, थिनारारोट र ग्लुकोज मार्केट लिडरका रुपमा रहेका छन् । नयाँ पुस्ताका लागि भनेर उत्पादन गरिएको चोकोचिप्स कुकिज, स्टेफिट बिस्कुट, ट्रेकर च्वाइस जस्ता उत्पादनले अहिले बजारमा राम्रो प्रभाव जमाइरहेका छन् ।

अहिले बिस्कुट उत्पादक कम्पनी त धेरै छन् । तिनीहरुमा र नेबिकोमा के फरक छ ?

बिस्कुट उत्पादन गर्ने कम्पनी धेरै छन् यो पक्का कुरा हो । त्यसैले अरु र हामीमा फरक भनेकै गुणस्तरीयता हो । बच्चादेखि वृद्धवृद्धासम्मका लागि उपयुक्त हुने भेराइटी हामीसँग छ । त्यसैले हामीले हरेक वर्गलाई सेवा दिन सकिरहेका छौं । एउटा परिवारमा बिस्कुट जान्छ भने त्यहाँ नाती, छोरादेखि हजुरबुबाले खानेसम्मका बिस्कुट जान्छ । त्यही भएर नै हामी हरेक परिवारसँग कनेक्सनमा छौं । त्यसैले अन्य बिस्कुट उत्पादक कम्पनीभन्दा हामी बिल्कुलै फरक छौं ।

बिस्कुट उत्पादन गर्दा उपभोत्ताको स्वास्थ्यप्रति कत्तिको सचेत हुनुहुन्छ ?

हामी उपभोत्ताको स्वास्थ्यप्रति निकै सचेत छौं । हामीसँग सुगर फ्रि बिस्कुटका रुपमा ४, ५ वटा प्रोडक्टहरु छन् । जसमा सुगर फ्रि क्रेकर, सुगर फ्रि डाइजेस्टिभ बिस्कुटहरु उपलब्ध छन् । त्यसैले हामीले आ उपभोत्ताको स्वास्थ्यलाई ख्याल गर्दै बिस्कुट उत्पादन गरेका छौं । हामीले उत्पादन गरेको  थिनारारोट, मारी बिस्कुट एकदमै सुख्खा हुन्छ । जसमा चिल्लो भन्ने हुँदैन ।

यदि कसैलाई चिल्लो खान हुँदैन भने मारी, थिनारारोट खान सक्नुहुन्छ । कुनै समय चिकित्सकले बिरामीलाई थिनारारोट बिस्कुट खान समेत सिफारिस गर्थे । यदि कसैलाई चिनी रोग छ भने उहाँहरुले सुगर फ्रि बिस्कुटहरु खान सक्नुहुन्छ । मीठो खोज्नेहरुका लागि कुकिजहरु पनि छ । गुलियो मनपराउनेहरुले चोकोचिप्सहरु उपलब्ध छन् । त्यसैले हामीले मान्छेको स्वास्थ्य अनुसारको बिस्कुट उत्पादन गरेका छौं ।

अहिले बजारमा नेबिकोमा माग कस्तो छ ?

उपभोक्ताको हामीप्रतिको विश्वास माया दिनप्रतिदिन बढिरहेको छ । गत वर्षभन्दा यो वर्षको सेल्स पनि राम्रो छ । यस्तै बजारबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छौं । बजारबाट आएको सल्लाह सुझावलाई अनुसरण गर्दै अघि बढिरहेका छौं ।

बिस्कुट उत्पादनका लागि कस्ता कच्चा पदार्थको प्रयोग गर्नुहुन्छ ?

बिस्कुट उत्पादनका लागि हाम्रो मूख्य स्रोत भनेको मैदा र आँटा हो । यही मैदा र आँटाबाट बनेका बिस्कुटहरु बनाउँदै आएका छन् । हामीले ५ वर्षयता आँटाबाट पनि बिस्कुट उत्पादन गर्र्दै आएका छौं । अहिले हामीसँग आँटाबाट उत्पादित ५ वटा बिस्कुट छन् । तर, समस्या के छ भने सबै प्रोडक्ट आँटाबाट बनाउन मिल्दैन । त्यसैले आँटाबाट बनाउन मिल्ने प्रोडक्टलाई हामीले आँटाबाटै बनाएका छौं । त्यो बाहेकका प्रोडक्ट मैदाबाट तयार गर्छौं ।

कच्चा पदार्थ कहाँबाट ल्याउनुहुन्छ ?

पहिलो प्राथमिकता स्वदेशमै उत्पादित कच्चा पदार्थलाई नै दिन्छौं । तर, हामीलाई स्वदेशी कच्चा पदार्थलेमात्र धान्दैन । साथै, हामीले जुन क्वालिटीको कच्चा पदार्थ खोज्छांै त्यो अनुसारको कच्चा पदार्थ नेपालमा नपाउँदा निकै समस्या पर्छ । त्यसैले अन्य देशहरुबाट पनि हामीले कच्चा पदार्थ किन्ने गरेका छौं ।

नेबिकोका भावी योजना के छन् ?

हाम्रो योजना त यसको गुणस्तर कसरी सुधार गर्ने भन्ने मै केन्द्रीत हुन्छ । हामीसँग अहिले केही पुराना मेसिनहरु छन् । तिनीहरुलाई हामी तत्कालै परिवर्तन गरेर नयाँ राख्दैछौं । केही नयाँ मेसिनहरु आइपनि सकेका छौं । सायद यो वर्षभित्र नयाँ मेसिनबाट बिस्कुट बनाउन सुरु गर्ने हाम्रो लक्ष्य छ ।

तस्वीरहरूः  नवराज वाग्ले


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ