२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारयसरी बदलिदैंछ सुदूरपश्चिमको स्वास्थ्य सेवा

यसरी बदलिदैंछ सुदूरपश्चिमको स्वास्थ्य सेवा


सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार मातहतका अस्पतालहरु सेवा सुदृढीकरण तथा भौतिक संरचनाहरु निर्माणको क्रममा रहेका छन् । विश्वभर फैलिएको कोरोना नेपालमा पनि देखियो । कोरोना संक्रमितहरुको उपचारमा अस्पतालहरुमा थुप्रै सुधार भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहत सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल र पहाडी जिल्लाका बैतडी दार्चुला, डोटी, बझाङ, बाजुरा र अछामका जिल्ला अस्पतालहरु रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका अस्पतालमा सेवाहरु वृद्धि हुँदै गएसँगै चुनौती पनि थपिएको छ । पुराना भौतिक संरचना, कर्मचारी दरबन्दी पनि पूरानै छ । वर्षेनी जनसंख्या वृद्धि भइरहेका कारण सेवाग्राही बढिरहेका छन् । त्यो अनुपातमा जनशक्तिको अभाव रहेको छ । त्यसकारणले धेरैजसो जिल्ला अस्पतालमा विशेषज्ञ सेवा दिन सकेका छैनौं । सामाजिक विकास मन्त्रालयले करारमा चिकित्सक भर्ना गरी पठाएकाले जिल्ला अस्पतालहरु एमबीबीएस डाक्टरको भरमा चलिरहेका छन् ।

जिल्ला अस्पतालमा एक जना मात्रै विशेषज्ञ चिकित्सक भएको भए धेरै सेवाग्राहीले सेवा पाउँथे । तर, उक्त जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पाउन नसकेको दरबन्दी समेत छैन । अहिले सामाजिक विकास मन्त्रालयले ओएनएम सर्वे गरिरहेको छ ।

नेपालमा कोरोना संक्रमणले सामाजिक आर्थिक क्षेत्रमा प्रभाव पारेको छ । कोरोना संक्रमणका कारण देशभर नै लकडाउन भयो, सबैको ध्यान स्वास्थ्यतिर गयो । त्यसैले नेपालको स्वास्थ्य क्षेत्रमा केही सकारात्मक परिवर्तनहरु भएँ । सुदूरपश्चिम प्रदेशका महाकाली र सेती अस्पतालमा ५० बेडको कोरोना अस्पताल निर्माण भएँ । अहिले महाकाली र सेती अस्पतालमा २५/२५ शैय्याको एचडियु बेडहरु स्थापना भएका छन् । त्यस्तै, टिकापुर अस्पतालमा १५ र अन्य जिल्ला अस्पतालहरुमा १० एचडियु बेडहरु स्थापना भएका छन् । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालहरुमा आइसीयु भेन्टिलेटर तथा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु थपिएका छन् । तर, चलाउन सक्ने जनशक्ति छैनन् । त्यो महत्वपूर्ण चुनौती रहेको छ ।

प्रदेश सरकारले कोरोना उपचारका लागि बनाइएका प्रि–फ्याबको संरचनाहरु पनि सोही अस्पतालको सेवामा थपिएको छ । त्यसलाई अन्य प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ ।

नेपाल सरकारको प्रत्येक स्थानीय तहमा अस्पताल बनाउने योजना रहेको छ । त्यसले पनि सेवा प्रवाहमा ठूलो सहयोग गर्दछ । कोरोना संक्रमण आइसकेपछि सम्पूर्णको ध्यान कोरोनामा केन्द्रित भयो र अन्य बिरामीहरुको सेवा प्रवाह रोकियो । अहिले त्यस्तो अवस्था छैन । कोरोनाका बिरामी हेर्ने छुट्टै र अन्य बिरामी हेर्ने छुट्टै भएकाले अन्य बिरामिहरुले पनि सहज रुपमा सेवा पाइरहेका छन् । अहिले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा केही परिर्वतन भएको छ ।

सुदूरपश्चिम प्रदेशका अस्पतालहरुको सेवा सुदुढीकरण गर्न हामीले ड्राप्ट तयार गरेका छौं । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य नीति पनि अन्तिम मस्यौदासम्म पुगेको छ । त्यो संसदमा पेश भइसकेपछि त्यसलाई टेकेर जनस्वास्थ्य नियमावली बन्छ त्यसपछि धैरै कुराहरु सुधार हुन्छ ।
अहिले तत्काल गर्न लागेको ओएनएम सर्वेले सेती प्रादेशिक अस्पताललाई ३ सय बेड, टिकापुर अस्पताललाई २ सय बेड र प्रत्येक जिल्ला अस्पताललाई ५० बेडको बनाउने तयारी छौं । सोहीअनुसारको जनशक्ति दरबन्दी संरचना निर्माण हुन्छ ।

अस्पतालमा परिवर्तन आएमा प्रत्यक्ष रुपमा सेवाग्राही लाभान्वित हुनेछन् । जस्तोः सेती प्रादेशिक अस्पताल सरकारबाट ५० बेडको मात्रै स्वीकृती रहेको छ । २ सय ५० बेड थप हुँदा सोहीअनुसारको जनशक्ति/भौतिक संरचना पनि थपिन्छ । यसले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा ठूलो परीवर्तन आउँछ ।

अहिले सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमा अक्सिजन आपूर्तिको ठूलो चुनौती रहेको छ । सिकिस्त खालका बिरामीहरुलाई धनगढीलगायतका अन्य ठाउँबाट अक्सिजन आपूर्ति भइरहेको छ । अब प्रत्येक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भइसकेको छ ।

सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्न १ करोड रुपैयाँ बिनियोजन भएर कार्य अगाडि बढेको र टिकापुरमा १ सय बेडको सरुवा रोग अस्पतालका कार्य कार्यान्वयको चरण्मा रहेको छ । सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय एम्बुलेन्स कल सेन्टर स्थापना गरी संचालन गर्ने गृहकार्य भइरहेको छ । जसले निजी तथा सरकारी एम्बुलेन्सको टोल फ्री नम्बर राखेर सहजीकरण गर्ने कार्यमा टेवा पुग्नेछ ।


(डा. जोशीसँग हेल्थ आवाजले गरेको कुराकानीमा आधारित )


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ