२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारपर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ?

पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ?


विगत केही दिनयता दक्षिणी छिमेकी मुलुक भारतका कोभिड—१९ सम्बन्धि समाचारबाट पक्कै पनि हामी सबै अवगत नै छौं। खुल्ला सिमाना, व्यापार, साझा संस्कृति भएको हाम्रो मुलुक संक्रमणबाट पक्कै पनि अछुतो रहन सक्दैन। विशेषगरी देशकै मुख्य नाका रहेको पर्सामा यसको सबैभन्दा बढी प्रभाव पर्ने निश्चितजस्तै छ।

तपाईं हामी माझ एक साताको तथ्यांकले पनि एउटा घण्टी बजाएको छ। तर, वास्तविकतामा त्यो तथ्यांकभन्दा निकै विकराल छ। झन्डै न्यून कोभिड पोजेटिभ केस भएको वीरगन्जमा एक साता यता औसत ४० प्रतिशत पोजेटिभ केस देखिनु आफैमा ठूलो चेतावनी हो।

अधिकांश चेक जाँच गराउनेहरु कडा लक्षण लिएर मात्रै आउने गरेका छन् । जुन समग्र केसहरुको एक चौथाइ मात्रै हो अर्थात अझ दुई चौथाइ पोजेटिभ केसहरु निर्धक्क साथ हाम्रो समाजमा घुमिरहेका छन । ती संक्रमितहरुले तीब्र रुपमा संक्रमण फैलाउने काम गरिरहेका छन्। यो हामी, हाम्रो समुदायका लागि कोभिड—१९ को संक्रमणबाट बच्ने सबैभन्दा ठूलो चुनौती बन्न पुगेको छ ।

अहिलेको कोभिडका फरक सन्देशहरु

१. क्लिनिकल presentation र covid pneumonia को फरक छ ।

२. रगतका parameters हरु मा lymphopenia बाहेक अधिकांशमा thrombocytopenia देखिएको छ।

३. छिटो pneumonia देखिनु (पहिला औसत ७-१० दिन) मा pneumonia देखिन्थ्यो भने अहिले ५ दिन भित्र नै देखिनेछ।

४. युवा तथा ५० वर्ष मुनिका ब्यक्तिहरुको संख्या बढी देखिनु आफैमा ठूलो चेतावनी हो।

५. बालबालिकामा लक्षण देखिनु पनि सोच्नै पर्ने समस्या हुन जान्छ।

विगत ५ दिन यता ५ जनाको pneumonia जस्तो लक्षण देखिनु र अधिकांशको २४ घण्टामा मृत्युु हुनु पनि कम्युनिटी spread को संकेत नै हो फरक यति मात्र छ। तिनीहरुको कोभिड परीक्षण गरिएको थिएन । ३० चैतको तथ्यांक ६० मध्ये ४० जना पोजेटिभ आउनु र अधिकांशको CT value २० या अझ मुनि हुनु आफैमा ठूलो चेतावनी हो।

अबको बाटो : जन समुदायको

१. कोभिडलाई सजिलो नबुझ्ने र हेल्चेक्राए नगर्ने ।

२. सबैले मास्कको उचित प्रयोग गर्ने र गराउने ।

३. भौतिक दूरीको पालना गर्ने । विशेषगरी बजार, पसल, स्वास्थ्य संस्था, सरकारी तथा निजी कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरु, सवारी साधनहरु, विद्यालय, कलेज आदिमा भिड हुने ठाउँमा ।

४. वृद्ध-वृद्धाहरु अनावश्यक घरबाट बाहिर ननिस्कने ।

५. किनमेल सकेसम्म घरको एक जना सदस्यले गर्ने र बाहिरबाट आउने बित्तिकै साबुन पानी वा स्यानीटाइजरले राम्ररी हात धुने । सम्पूर्ण लुगा बदलेर मात्र घर भित्र प्रवेश गर्ने ।

६. घरको कुनै सदस्यलाई रुघाखोकी, ज्वरो आएको ३ दिन काट्यो भने उपलब्ध भएसम्म छुट्टै कोठामा राख्ने र छुट्टै खानाको व्यवस्था गर्ने। मास्कको अनिवार्य प्रयोग गराउने। छिटो नजिकको स्वास्थ्य संस्थामा परामर्श गर्ने।

७. पोषिलो खाने कुरा खाने।

८. अनुसन्धानहरुले पनि मनतातो पानीमा मह, कागती मिसाएर खाँदा इम्युनिटी बढ्ने हुँदा त्यसको नियमित प्रयोग गर्ने।

९. अधिकभन्दा अधिक जनचेतना फैलाउने कार्य पनि अपरिहार्य देखिन्छ।

सरोकारवालाहरुको जिम्मेवारी

पहिलाको अनुभवहरुबाट पाठ सिक्दैं अबिलम्ब पाइलाहरु चाल्नुपर्दछ।

१. ३ सय शैय्यासम्मको आइसोलेसन यथाशीघ्र स्थापना गर्ने (बाबा कोभिड अस्पताल, पोखरिया, होटेल आइसोलेसन, धर्मशालासहितलाई परिमार्जित गर्दै)

२. एचडीयु र आइसीयुसहित कम्तिमा ६० शैय्या तयारी अवस्थामा राख्ने।

३. CPAP, VENTILATOR आदि २० थानको व्यवस्था हुनुपर्ने ।

४. जनशक्तिको उचित व्यवस्था गर्ने र जोखिमको मूल्यांकन गर्दै सहुलियत प्रदान गर्ने।

५. कोभिड बिरामीहरुलाई ओसारपोसार गर्ने ४ थान एम्बुलेन्स एकद्वार प्रणालीमार्फत तयार राख्ने।

आफ्ना र आफ्नो परिवारको सुरक्षा आफै गरौँ। एसएमएसको प्रयोग गरौं।

(लेखक नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ