२०७८ असोज ३०, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारदशैंमा मुख/दाँत स्वास्थ्यका लागि ध्यान दिनैपर्ने कुराहरू

दशैंमा मुख/दाँत स्वास्थ्यका लागि ध्यान दिनैपर्ने कुराहरू


दशैंको तयारीमा हुनुहुन्छ र दाँत मुख सम्बन्धी निम्न कुराहरुमा ध्यान राख्नुभएको छैन भने खल्लो पनि हुन सक्छ ।

मुख स्वास्थ्य र चाडपर्व यी पारस्परिक रुपमा आउने शब्दहरु हुन् । चाडपर्व भन्नासाथ विभिन्न खानाका परिकारहरु त्यो पनि छिटो र छोटो समयमा भिन्न स्वादमा खाने हाम्रो प्रचलन रहेको पाइन्छ । विशेषगरी दशैंमा अन्य समयमा भन्दा मासुका परिकारहरु, मिठाइका परिकारलगायत अन्य खानेकुराहरु तुलनात्मक रुपमा बढी प्रयोग गरिन्छ ।

दशैंलाई घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अवधिलाई मानिएतापनि विशेषतः फुलपाती (सप्तमी) देखि कोजाग्रत पूर्णिमासम्मको ९—१० दिनलाई विशेष रुपमा मनाइने हुँदा मुख स्वासथ्यलाई यस अवधिभर अन्य समयमाभन्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्ता महान् चाडहरुमा मानिसको खानपिन र व्यस्तता पनि उत्तिकै रहने हुन्छ । साना केटाकेटीहरु मुख सफा गर्न÷कुल्ला गर्न नपाउँदैं पिङ खेल्न, चंगा उडाउन, नयाँ—नयाँ पहिरनमा सजिने तथा आफन्तहरुसँग रमाउनमै लीन हुनुहुन्छ भने अभिभावकले पनि बालबच्चाको लागि पर्याप्त समय पाउँदैंनौं । चाडबाडका समयमा भिन्न—भिन्न परिकारहरुको स्वाद लिन, पाहुनाको स्वागत सत्कार तथा अन्य काममा व्यस्त रहने हुँदा अन्य समयमा भन्दा यस्तो व्यस्ततामा दाँत/मुखका मांसपेशीहरु अझै व्यस्त रहेका हुन्छन् ।

चाडपर्वमा पोलेका, सेकेका तथा झोलिला मासुका परिकार आदि दाँतमा कोचिएर बसिदिने र ती वस्तुहरु तत्कालै निकाल्न नपाउँदैं अर्को परिकारमा रमाउन थालिसकेका हुन्छौं । तातो रस र चिसो पेय पदार्थले मुखमा रहेका बेला नरम छाला र दाँतको बाहिरी भाग (इनामेल)लाई रित्याइदिने सम्भावना अधिक हुन्छ । जसप्रति हाम्रो खासै ध्यान पुगेको पाइँदैन् ।

चाडपर्वको किनमेलको सूचीमा मुख/दाँत स्वास्थ्यका लागि यी सामाग्रीहरु छुटाउनु भएको त छैन नि ।

  • डेन्टल फलस
  • दन्त मलम (जेल)
  • माउथ वास (मुख कुल्ला गर्ने)
  • चुइङगम
  • ट्याबलेट मायोस्पास (मांसपेशी रिलिफको लागि कहिलेकाहीँ आवश्यक पर्न सक्छ ।)
  • साथसाथै मुख स्वास्थ्का सन्दर्भमा विभिन्न सोसियल मिडियाहरुबाट पनि जानकारी लिन सकिन्छ ।
  • युट्युबमा मोडिफाइड बास मेथड, डेन्टल फलेसिङ टेक्नीक तथा ओम बुद्ध डेन्टलको फेसबुक पेजमा समेत महत्वपूर्ण जानकारीहरु उपलब्ध छन् ।यी सामाग्रीहरु जुनसुकै बेला साथमा छन् भने चाडपर्वका समयमा दाँत कोट्याइ रहनुपर्ने र बङगारामा हात लगाएर बस्नुपर्ने अवस्थाबाट मुक्ति पाउन सकिन्छ ।

चाडपर्वका समयमा ध्यान दिर्नैपर्ने कुराहरुः

—सेकुवा, पोलेका मासुका परिकार सहर्ज दुई दाँतका बीचमा कोचिएर खडकिने प्रकृतिका हुन्छन् । यस्ता परिकारहरु सकिन्छ भने थोरै र विस्तारै खाने, अडकिहालेमा तुरुन्तै निकाल्ने गर्नु पर्दछ ।

—तातो रसले मुखका नरम/कमसल प्रकृतिका मांसपेशीलाई चाँडो पोल्ने हुँदा तातो खाने कुरा खादा सजग रहनुपर्छ ।

—चाडबाडमा अम्लीय पेय पदार्थहरुको उच्च प्रयोग भएको देखिन्छ । पेय पदार्थ तथा अमिला अचारका विभिन्न परिकारले दाँतको बाहिरी भाग (इनामेल)लाई असर पर्ने हुँदा अमिला खानेकुरा पनि दाँतको लागि घातक मानिन्छ । त्यसैले यस्ता खानेकुराहरु वर्जित नै गर्न नसकिए पनि कम प्रयोग गर्न भने सकिन्छ ।

—कोक, फेन्टा, वियरका विर्को लहैलहैमा लागेर भुलेर पनि दाँतले खोल्नु हुँदैन् ।

—पिङ खेल्दा रमाइलो गर्दा अकस्मात लड्न र अगाडिका दाँत भाँचिने वा सिंगो दाँत नै बाहिर निस्कने हुन सक्छ । त्यस्तो खसेका दाँतलाई सुरक्षितसँग मुखभित्र गालाको चेपमा वा काँचो दुधमा राखेर बढीमा उक घण्टाभित्र अस्पताल पुग्दा पुनः त्यही दाँतलाई जोगाउन सकिन्छ । (नोटः झरेको दाँतलाई छुने, पुछ्ने भने गर्नु हुँदैन् ।)

—पोलेका, सेकेका मासुका परिकारहरु स्वादका लागि मात्र खाने गरौं । अधिक खानै परेमा तुरुन्तै धागो (डेन्टल फलस)द्वारा निकाल्ने ।
—प्रेसर कुकरमा बनेका मासुका नरम परिकारहरु दाँत÷मुख र पाचन प्रक्रिया लागि समेत हुने हुँदा राम्रो मानिन्छ ।
—मासुजन्य खाने कुराहरुको बीचमा फलफूलहरुको प्रयोग गर्नाले दाँतका चेपमा बसेको खानाहरु निकाल्न साथै पाचन प्रक्रियाका लागि समेत सहयोगी हुन्छ ।

—टि.एन.जे (कन्चट) बङगारा धेरै चलेर दुख्ने भएमा मायोस्पास चक्कीको प्रयोगले केही हदसम्म रिलिफ गराउन मद्धत पु¥याउँछ । (यो चिकित्सक सल्लाहमा मात्र प्रयोग गर्ने ।)

—नुनको मात्रा साविकभन्दा धेरै प्रयोग हुने तथा धुम्रपान सेवनले मुख सुख्खा बनाइदिने हुनाले पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

—खाना अडकिदा र फलसको व्यवस्था नहुँदा चुइगमको प्रयोगले समेत केही हदसम्म दाँतलाई सफा गर्न मद्धत पु¥याउँछ ।

अन्तमा, दाँत, मुखको हेरचाहमा ध्यान नदिने हो भने दशैं तिहारको रमझमसँगै वा त्यस लगतै खर्चिलो उपचारमा लाग्नुपर्ने बाध्यता सिर्जना हुन सक्छ । त्यसैले उपचारभन्दा सावधानी अपनाउनेतर्फ अग्रसर/सजग हुनु नै उत्तम हुन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)