गृहपृष्ठ ∕ अन्तर्वार्ता / विचार ∕ यौन सम्पर्कबाट समेत सर्ने जीका भाइरसबाट कसरी बच्ने ? यौन सम्पर्कबाट समेत सर्ने जीका भाइरसबाट कसरी बच्ने ? डा शेरबहादुर पुन संयोजक, क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल सोमबार, २०७८ कात्तिक २२ गते, १६:२३ मा प्रकाशित जीका भाइरसको चर्चा विशेष गरेर सन् २०१५ मा ब्राजिलमा फैलिएपछि जन्मिएका बालबालिकाहरुमा स्नायुसँग सम्बन्धित खास गरी टाउको आकार सानो हुने ‘माइक्रोकेफाली’को समस्या देखिएपछि भएको हो। विश्व स्वास्थ संगठनले पनि सन् २०१६ मा जीका भाइरसलाई ‘पब्लिक हेल्थ इमर्जेनसी अफ इन्टरनेसनल कन्सर्न’ घोषणा गरेको थियो। यो दक्षिण अमेरिकी महादेश हुँदै विश्वभरी फैलिएको थियो । सन् २०१७ मा भारतको गुजरात राज्यमा ३ जनामा जीका भाइरसको संक्रमण देखिएको थियो भने सन् २०१८ सम्ममा मध्ये प्रदेश र राजस्थानसम्म फैलिएको थियो। तीन वर्षपछि सन् २०२१ को जुलाई महिनामा जीका भाइरसले भारतमा फेरि कमब्याक गरेको देखिन्छ। भारतको केरला राज्यमा देखिएको जीका भाइरस अक्टोबर महिनाको अन्तसम्म आइपुग्दा नेपालको सिमानासँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशसम्म आइपुगेको छ । भारतीय संचार मध्यमहरुका अनुसार सो राज्यमा हालसम्म झन्डै सयको हाराहारीमा संक्रमण पुष्टि भैसकेको छ। जीका भाइरस मुख्यतयाः एडीस जातका संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टेले डेंगु तथा चिकुनगुनियाजस्ता भाइरसहरु पनि सार्ने गर्दछ। यी दुवै भाइरसहरु र यसलाई सार्ने एडीस जातका लामखुट्टे नेपालमा देखिसकेका छन्। हाल डेंगु काठमाडौंमा देखिदै आइरहेको छ भने चिकुनगुनिया भाइरसको परीक्षण नै नहुने भएकोले यसको अवस्थाको बारेमा भने अज्ञात नै छ। जीका भाइरस आधिकारिक रुपमा नेपालमा पुष्टि भने भैसकेको छैन। हाल यसको विशेष औषधी र खोप उपलब्ध नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै जीकाबाट बच्ने मुख्य उपाय हो । तर, संक्रमितबाट स्वस्थ मानिसमा सर्ने क्रमले निरन्तरता पाउनु भने चिन्ताको विषय हो।संक्रमितबाट सर्न सक्ने विभिन्न माध्यमहरुमध्ये यौन सम्पर्क पनि एक मानिन्छ। संक्रमित लक्षणबिहिन अवस्थामा भएपनि यौन सम्पर्क गर्दा संक्रमण सर्न सक्ने अनुसन्धानहरुले देखाएका छन् । के गर्ने/नगर्ने ? १) यदि पुरुष/श्रीमान जीका भाइरस फैलिएको ठाउँबाट फर्केको हो भने यौन सम्पर्क गर्दा कन्डमको प्रयोग गर्ने अथवा ३ महिनासम्म यौन सम्पर्क गर्नु हुँदैन्। २) यदि स्त्री/श्रीमती जीका भाइरस फैलिएको ठाउँबाट फर्केको हो भने यौन सम्पर्क गर्दा कन्डमको प्रयोग गर्ने अथवा २ महिनासम्म यौन सम्पर्क गर्नु हुँदैन्। ३) यदि स्त्री/पुरुष नै जीका भाइरस फैलिएको ठाउँमा रहने गरेको वा पुगेको हो र स्त्री/श्रीमती गर्भवती भएको छ भने यौन सम्पर्क गर्नु हुँदैन र गर्ने भए अनिवार्य कण्डमको प्रयोग गर्नु पर्दछ। जीका भाइरस संक्रमणमा कस्ता लक्षणहरु देखिन्छन्? धेरैमा लक्षण नै देखिदैन र देखिएकामा पनि लक्षणहरु सामान्य खालका हुन्छन। १) ज्वरो आउनु २) शरीरमा बिबिरा देखिनु ३) आँखा रातो हुनु ४) मांशपेशीका दुख्नु ५) टाउको दुख्नु ६) जोर्नी दुख्नु जो कोही जीका भाइरस फैलिरहेको स्थानमा पुगेर माथि उल्लेखित लक्षणहरु देखा पर्न थाले जीका भाइरसको शंका गर्न सकिन्छ। यस्तो अवस्थामा यौन सम्पर्क विशेषत गर्भवती स्त्री/महिलासँग गर्नु हुँदैन्। परिक्षण गरेर जीका भाइरस छ/छैन भनेर पुष्टि गर्नुपर्दछ। तर नेपालमा केही वर्ष अगाडि डेंगु र चिकुनगुनिया भाइरससँगै जीकाको पनि परीक्षण हुने गर्दथ्यो । तर, हाल यसको परीक्षण स्थगन भैसकेको छ। नेपालको सीमामै जीका भाइरस थुप्रिने /तीब्र गतिमा फैलदै गरेको र खुल्ला सीमाको (हवाई मार्गबाट पनि मानिसको प्रशस्त आवतजावत हुने) कारणले नेपालमा कुनै पनि समयमा जीका भाइरस पुष्टि भए लेखक आश्चर्य चकित भने हुने छैन । यो भाइरस मुख्यतयाः लामखुट्टेबाट सर्ने भएतापनि पछि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा यौन सम्पर्कको मध्यमबाट पनि सर्न सक्दछ भन्नेमा सबैले सतर्कता अपनाउनु/ हेक्का राख्न भने बिर्सिनु हुँदैन्। क्याटेगोरी : अन्तर्वार्ता / विचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात नेपालमा ब्लड बैंक परीक्षणमा सुधारको आवश्यकता ओपीडीको घडी र बिरामीको मुटुः चिकित्सा अभ्यासको कथा ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने… धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं