२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारओमिक्रोन कि मौसमी एलर्जी ?

ओमिक्रोन कि मौसमी एलर्जी ?


कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको प्रवेश जाडो महिनामा हुँदा र यसको लक्षणहरु कमन कोल्डसँग मिल्दा समुदायस्तरमा पुगेको सुइँकोसम्म पाइएन् । हाल मौसम परिवर्तन हुँदैछ । धेरैलाई यो समयमा मौसमी एलर्जीले (एलर्जिक राईनाइटीस) सताउने पनि गर्दछ ।

ओमिक्रोनको कतिपय लक्षणहरु मौसमी एलर्जीसँग पनि मिल्दोजुल्दो देखिन्छन् ।तसर्थ, आगामी दिनमा मौसमी एलर्जी र ओमिक्रोन पहिचानमा चुनौती हुने देखिन्छ । तर, पनि लक्षणहरु आधारमा यी दुई समस्याको पहिचानमा धेरै हदसम्म अनुमान गर्न सकिने छ । यद्यपी, एकिन पहिचान भने प्रयोगशाला परिक्षणबाट नै हुनेछ ।

मौसमी एलर्जीमा बढी देखिने लक्षणहरू

१. हाँछ्यु आउनु
२. नाक बन्द/पानी बग्नु
३. आँखा चिलाउने, रातो हुने, आँशु आउने
४. खोकी लाग्ने
५. घाँटी, नाक, कान खस–खस/चिलाउने

ओमिक्रोनमा बढी देखिने लक्षणहरू

१. नाक बन्द/पानी बग्नु
२. घाँटी दुख्ने
३. टाउको र जिउ दुख्ने
४. हल्का ज्वरो आउनु
५. थकान महसुस गर्नु
६. वाकवाक/बान्ता हुनु


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #ओमिक्रोन, #डा. शेरबहादुर पुन, #मौसमी एलर्जी, #शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ