२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकलेजो बिग्रने कारण र रोकथामका उपाय

कलेजो बिग्रने कारण र रोकथामका उपाय


आज जुलाई २८ अर्थात विश्व हेपाटाइटिस दिवस । संसारभर आजका दिन हेपाटाइटिस सम्बन्धी विविध कार्यक्रमहरु गरेर यो दिवस मनाइन्छ । हेपाटाइटिस भन्नाले कलेजोको संक्रमणलाई बुझिन्छ ।

मानिसका विभिन्न अंगहरुजस्तै कलेजो पाचन प्रणाली महत्वपूर्ण अंग हो । यसले पाचन प्रणालीसँग विभिन्न कार्यहरु गर्दछ । हेपाटाइटिसले कलेजोमा असर गर्छ ।

जीवनशैली, खानपानजस्ता यावत कारणले प्रत्येक वर्ष विश्वभर करिब २.३ बिलियन मान्छेलाई हेपाटाइटिसको संक्रमण हुने गरेको छ भने १.४ मिलियनको हेपाटाइटिसका कारणले मृत्यु हुने गरेको छ । यो आफैमा ठूलो आँकडा हो ।

तसर्थ, समयमै यसको जाँच, पहिचान गरी उपचार गर्न सकिएमा हेपाटाइटिसबाट हुने मृत्युबाट मानिसलाई बचाउन सकिन्छ । त्यसकारण हेपाटाइटिसबारे समाजमा पर्याप्त जनचेतना अभिवृद्धि खाँचो छ ।

हेपाटाइटिसका कारणहरु

  • भाइरल हेपाटाइटिस
    यो कमन हेपाटाइटिस हो । यसमा हेपाटाइटिस ए, बी, सी, डी, ई पर्दछन् ।
  • अल्कोहलिक हेपाटाइटिस
  • नन अल्कोहलिक फर्टिलिभर डिजिज वा नन अल्कोहलिक स्टेटो हेपाटाइटिस
  • आइरन/कप्पर ओभरवलोड —हेमोक्रोमाटोसिस एण्ड विलसन डिजिज
  • अटोइम्युन हेपाटाइटिस

हेपाटाइटिसका लक्षणहरु

—पेट दुख्ने
—ज्वरो आउने
—वाकवाक लाग्ने
—जण्डिस हुने

हेपाटाइटिसको समयमै उपचार भएन भने सिरोसिस—लिभर फेलियर हुन्छ । त्यसपछि जण्डिस, पेट फुल्ने, रगत वान्ता हुने, हातगोडा सुन्निनेजस्ता समस्याहरु देखिन्छन् ।

रोकथाम

—हेपाटाइटिस ए, ई —फोहोर खना, पानीले हुन्छ । यसबाट बच्नका लागि सफा पानी खाने र सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।
—हेपाटाइटिस बी, सी —निडल सेयरिङ ब्लड प्रडक्ट एण्ड सेक्सुअल कन्ट्याक्टबाट हुने भएकाले यसमा सतर्कता अपनाउने
—हेपाटाइटिसको बी भ्याक्सिन लिने
—रक्सी/लागु पदार्थ सेवन नगर्ने
—स्वस्थ खाना र नियमित शारीरिक अभ्यास गर्ने

अहिले विश्वभर हेपाटाइटिस बी र सी नियन्त्रणका लागि एन्टीभाइरल औषधिहरु उपलब्ध छन् । जसको सेवनले हेपाटाइटिस लागेका व्यक्तिहरुमा यो एन्टी भाइरल प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।

यदि कुनै व्यक्तिको हेपाटाइटिसले कलजो फेल भएर सुधार नहुने स्थितीमा पुगेको छ भने त्यस्ता व्यक्तिलाई कलेजो प्रत्यारोपण गरेर बचाउन सकिन्छ । त्यसैले कलेजो फेल भएमा पनि उपचार सम्भव छ र जीवन बचाउन सकिन्छ । हाल नेपालमै पनि कलेजो प्रत्यारोपण सेवा उपलब्ध छ ।

(लेखक धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी प्रत्यारोपण सर्जन हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ