२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारसर्जनसँग संगीत वार्ता : ‘संगीत मेरो प्यासन हो’

सर्जनसँग संगीत वार्ता : ‘संगीत मेरो प्यासन हो’


‘निलो आकाश तिमी नै
दिन र रात तिमी नै…’

गत साता राजधानीको एक स्टुडियोमा त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारी गुन्जिदा माहोल नै फरक बन्यो । सप्तान्हको एउटा भेटघाटमा धाराप्रवाह रुपमा उनले सांगीतिक माहौल बनाए । गीतारको झंकारमा मधुर श्वरमा केही आफ्नै सिर्जना र केही अन्य गायकका गीत गुन्गुनाए ।

धेरैजसो समय बिरामीको पेट तथा कलेजो सर्जरीमा बिताउने उनी त्यो दिन अलि फरक मुडमा थिए । हेल्थआवाज टिमसँग संगीत वार्ता गर्ने समय जुराएका उनी आफै गितार रेटिइरहेका थिए । गितारबाट निस्किएको मधुर संगीतमा गायकी गलाबाट गीतका सुन्दर हरफहरुलाई मधुर श्वरमा उनिरहेका थिए । सर्जन गायकका स्रोता बनेका हामीलाई अनि भन्न करै लाग्यो—‘वाह क्या गज्जब ।’

सहरका व्यस्त सर्जन डा. भण्डारी मासिक औसतमा ४०—५० साना ठूला सर्जरी गर्छन् । रोचक त के भने उनी शल्यक्रिया कक्षमा पनि संगीत सुनिरहेका हुन्छन् । जसले उनलाई आफ्नो काममा तल्लीन रहन उर्जा दिइरहेको हुन्छ । ‘४—५ घण्टा, ६—७ घण्टा लाग्ने अप्रेशनमा म्युजिक सुनिरहेको हुन्छु, टिचिङ हस्पिटलमा पनि मेरो रेजिडेन्ट भाइबहिनीहरुले सरलाई एकदमै मन पर्छ भनेर पहिल्यै रेडी गरेर राखिदिएका हुन्छन्,’ उनले सुनाए, ‘कहिलेकाही म आफै पनि खोजेर सुन्छु । यसले लामो शल्यक्रियामा कन्स्ट्रेसन र उर्जा दिन्छ ।’

डा. भण्डारी शल्यक्रिया, अध्यापन, साथीभाइ, घरपरिवारलाई समय दिएर पनि संगीतका लागि सधैंजसो केही न केही समय निकालिरहेका हुन्छन् । सुदूरपश्चिम बैतडीको रोडीदेवलमा जन्मिएका डा. भण्डारीको संगीत नसा आजको होइन् । २६ वर्षअघि एमबीबीएस अध्ययन गर्दा नै उनमा संगीतप्रति अचम्मको अनुराग थियो । परिणाम, सन् १९९६ मै पहिलो गीत ‘चिसो चिसो हावा चल्छ….‘ रेकर्ड गराएका थिए । त्यो गीत त्यहीबेला रेडियोमा पनि बजेको थियो । तर, बीचमा पढाइ, व्यस्तताजस्ता कारणले केही समय उनको संगीत गतिमा गएन् । तर, पछिल्ला दिनहरुमा भने उनी संगीतप्रति झन जागरुक देखिन थालेका छन् ।

त्यही जागरुकताले नै उनले एकपछि अर्को निरन्तर गीतहरु रेकर्ड गराइरहेका छन् । अहिले त संगीत र सिर्जना पनि उनी आफैले गर्छन् । डा. भणडरीको स्वभाव नै केही कुरामा रुची जाग्यो कि त्यसको पछि परिहाल्ने छ । साथीभाइबाटै गीत—संगीत सिकेका उनी प्रायजसोः साथीभाइ र घरपरिवारका अगाडि रमाइलोका लागि गीत गाउँछन्, गितार बजाउँछन् । बाँसुरी बजाउने उनको रहर अझै पूरा भएको छैन् । मोहक मुस्कान भएका यी सर्जन जब गाउन थाल्छन्, उनमा गायकको बेग्लै छवि देखिन्छ । संगीतमा तिलमिलाउने ओठहरु गम्भीर सर्जनकाजस्ता देखिदैनन्, बरु बिन्दास गायकको झल्को दिन्छन् ।




क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ