२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारप्याथोलोजी ल्याबहरुमा रेफेरेन्स भ्यालु र टेस्ट युनिट किन फरक-फरक हुन्छ ? रिपोर्ट कसरी बुझ्ने ?

प्याथोलोजी ल्याबहरुमा रेफेरेन्स भ्यालु र टेस्ट युनिट किन फरक-फरक हुन्छ ? रिपोर्ट कसरी बुझ्ने ?


हाल नेपालमा प्याथोलोजी ल्याबमा जाँच गराउनेहरुलाई मुख्यतयाः ३ वटा समूहमा राख्न सकिन्छ :

१. बिरामी भएपछि डाक्टरको सल्लाहमा जाँच गराउने समूह

२. नियमित औषधि सेवन गर्ने र बेला—बेला जाँच गराउने समूह

३. कुनै किसिमका दीर्घरोग नभएका तर आफ्नो स्वास्थ्य प्रति सजग रही समय समयमा स्वयं जाँच गराउने समूह

यसरी जाँच गराउदा विभिन्न कारणले जहिले एउटा ल्याबमा मात्र जाँच गराउन सम्भव नहुन सक्छ । यस्तो अवस्थामा अलग—अलग ल्याबमा जाँच गराउनुपर्ने हुन्छ । यसरी जाँच गराउँदा अलग—अलग ल्याबहरुमा आएको रिपोर्टको भ्याल्यु ती ल्याबहरुको रेफेरेन्स भ्यालु र टेस्ट युनिट अनुसार फरक हुन सक्छ ।

के हो रेफेरेन्स भ्यालु ?

रेफेरेन्स भ्यालुलाई सामान्य बुझ्ने हिसाबमा नर्मल रेन्ज, नर्मल भ्यालु, रेफेरेन्स इन्टरभल आदि भन्ने गरिन्छ । रेफेरेन्स भ्यालु निर्धारण गर्दा स्वस्थ जनसंख्याको ठूलो समूहको जाँच गर्ने गरिन्छ । र, ती जाँचका आधारमा ९५ प्रतिशत स्वस्थ जनसंख्यामा देखिएको भ्यालुुलाई नै रेफेरेन्स भ्यालु मानिन्छ ।

ल्याबमा गरिने हरेकजसो टेस्टको रेफेरेन्स भ्याल्यु ल्याब रिपोर्टमा उल्लेख गरिएको हुन्छ । कहिलेकाही स्वस्थ मानिसको रिपोर्ट रेफेरेन्स भ्यालुभन्दा तल माथि आउन सक्छ भने अस्वस्थ व्यक्तिको रिपोर्ट रेफेरेन्स भ्यालु भित्र पनि पर्न सक्छ ।

के हो टेस्ट युनिट ?

ल्याब टेस्ट गर्दा हरेक जाँचको नापको एकाईलाई नै टेस्ट युनिट भनिन्छ । यसले ल्याब रिपोर्टलाई एक अर्कासँग तुलना गर्न र ब्याख्या गर्न सजिलो बनाउछ ।

किन ल्याबपिच्छे फरक हुन सक्छ रेफरेन्स भ्यालु र टेस्ट युनिट ?

प्याथोलोजी ल्याबमा प्रयोग हुने मेसिन, जाँच गरिने विधी, प्रक्रिया दिनानुदिन अध्यावधिक भइरहेका हुन्छन् । हरेक ल्याबका छुट्टाछुट्टै कम्पनीका मेसिन, केमिकल , रिएजेन्ट र जाँच गरिने छुट्टाछुट्टै प्रक्रिया रहेका हुन्छन् । जसका कारण रेफेरेन्स भ्याल्यु र टेस्ट युनिट फरक हुन सक्छ । साथै, ल्याब रहेको क्षेत्रमा रहेका स्वस्थ जनसंख्या आदिले पनि रेफेरेन्स भ्यालु फरक पार्न सक्छ ।

रिपोर्ट कसरी बुझ्ने ?

हरेक जाँचको रेफेरेन्स भ्यालु र टेस्ट युनिट ल्याब रिपोर्टमा उल्लेख गरिएको हुन्छ । एउटा ल्याबको रेफेरेन्स भ्यालु÷टेस्ट युनिटसँग अर्को ल्याबको रिपोर्टको भ्यालु नमिल्न सक्ने हुँदा नझुक्क्किनको लागि जुन ल्याबमा आफुले जाँच गरेको हो, सोही ल्याबको रिपोर्टमा भएको रेफेरेन्स भ्यालु र टेस्ट युनिटसँग आफ्नो रिपोर्टको भ्यालुलाई मिलाएर हेर्ने गर्नु पर्छ ।

यसो गर्दा रिपोर्ट पो गलत आयो कि भन्ने शंका हुँदैन् । साथै रिपोर्ट सम्बन्धी कुनै पनि समस्या भएमा उक्त ल्याबमा उपलब्ध ल्याब सुपरभाइजर अथवा ल्याबका बिशेषज्ञ डाक्टरसँग परामर्श लिन सकिन्छ ।

(प्याथोलोजिस्ट डा. मैनाली शिखरम प्याथ ल्याब एण्ड मेडिकल सेन्टरका अध्यक्ष हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ